राष्ट्रपति पौडेलले गरे स्वयम्भू महाचैत्यको पूजा « Khabarhub

राष्ट्रपति पौडेलले गरे स्वयम्भू महाचैत्यको पूजा


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गरेका छन् ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आज आयोजित कार्यक्रममा धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले चैत्यको पूजा गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेललाई महासमितिका पदाधिकारी र कर्मचारीले स्वागत गरेका थिए। 

विसं २०७९ फागुन ३० गते हावाहुरीले चैत्यमा क्षति पुगेको थियो । काठमाडौँ महानगरपालिका–१५ मा पर्ने उक्त स्थल विश्वसम्पदा सूचीमा सूचीकृत छ । करिब रु ५० लाखको लागतमा त्यसको जीर्णोद्धार सम्पन्न गरिएको हो । 

पुरातत्व विभाग र महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थानको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि महासमितिले जीर्णोद्धार सम्पन्न गरेको चैत्य करिब एक सय छ मिटर अग्लो छ ।

अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले त्यस क्षेत्रको संरक्षणमा गरेका गतिविधिबारे जानकारी गराए । सो अवसरमा राष्ट्रपति पौडेलले महासमिति अध्यक्ष भिक्षु धर्ममूर्ति, महासचिव अशोक बज्राचार्य लगायतलाई सम्मान गरेका थिए ।

विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने गरेको महासमितिका प्रशासकीय अधिकृत दिपेन्द्र वैद्यले जानकारी दिए । यहाँ स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने गर्दछन् । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि केही वर्षअघि जीर्णोद्धार सम्पन्न गरिएको थियो ।

संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास रहेको महासमितिका इञ्जिनियर राजेश सुवालले जानकारी दिए। विश्वशान्ति तथा मानवकल्याणको उद्देश्यले विभिन्न धार्मिक गतिविधि हुने गरेको बताइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : २३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका