राष्ट्रपति पौडेलले गरे स्वयम्भू महाचैत्यको पूजा « Khabarhub

राष्ट्रपति पौडेलले गरे स्वयम्भू महाचैत्यको पूजा


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गरेका छन् ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आज आयोजित कार्यक्रममा धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले चैत्यको पूजा गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेललाई महासमितिका पदाधिकारी र कर्मचारीले स्वागत गरेका थिए। 

विसं २०७९ फागुन ३० गते हावाहुरीले चैत्यमा क्षति पुगेको थियो । काठमाडौँ महानगरपालिका–१५ मा पर्ने उक्त स्थल विश्वसम्पदा सूचीमा सूचीकृत छ । करिब रु ५० लाखको लागतमा त्यसको जीर्णोद्धार सम्पन्न गरिएको हो । 

पुरातत्व विभाग र महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थानको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि महासमितिले जीर्णोद्धार सम्पन्न गरेको चैत्य करिब एक सय छ मिटर अग्लो छ ।

अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले त्यस क्षेत्रको संरक्षणमा गरेका गतिविधिबारे जानकारी गराए । सो अवसरमा राष्ट्रपति पौडेलले महासमिति अध्यक्ष भिक्षु धर्ममूर्ति, महासचिव अशोक बज्राचार्य लगायतलाई सम्मान गरेका थिए ।

विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने गरेको महासमितिका प्रशासकीय अधिकृत दिपेन्द्र वैद्यले जानकारी दिए । यहाँ स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने गर्दछन् । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि केही वर्षअघि जीर्णोद्धार सम्पन्न गरिएको थियो ।

संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास रहेको महासमितिका इञ्जिनियर राजेश सुवालले जानकारी दिए। विश्वशान्ति तथा मानवकल्याणको उद्देश्यले विभिन्न धार्मिक गतिविधि हुने गरेको बताइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : २३ बजे

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह