धनगढीका नगरप्रमुख हमाललाई कसले दियो ज्यान मार्ने धम्की ? « Khabarhub

धनगढीका नगरप्रमुख हमाललाई कसले दियो ज्यान मार्ने धम्की ?


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन् । 

नगर प्रमुख हमाललाई ह्वाट्सएपमा कल गर्दै राना थर गरेका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन पेस गरेका छन् । 

प्रशासनका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले निवेदन पेस गरेको जिल्ला प्रहरी कार्यालय पठाइएको बताए ।  

प्रहरी प्रवक्ता कुलदीप चन्दले धम्की दिने व्यक्तिलाई भोलि छलफलका लागि बोलाइएको बताए। उनले व्यक्तिसँग छलफलपछि मात्र धम्की कारण थाहा हुने बताए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : ५८ बजे

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी

पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटे ओलीले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पितृशोकमा रहेका

सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन-जीबीच नै चर्काचर्की

काठमाडौं- सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की भएको छ। जेनजी,