उमेर पुगी बिहे गर्नेलाई ५० हजार « Khabarhub

उमेर पुगी बिहे गर्नेलाई ५० हजार


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

महोत्तरी–  महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । 

आज बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गरेका हुन् । 

‘छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरुको विवाह गर्नुहोस्, नगरपालिका कार्यालयले रु ५० हजार नगद प्रोत्साहन रकम दिनेछ’, नगरप्रमुख क्षत्रीले भने, ‘यसले तपाईंहरुको स्वास्थ्य र परिवार राम्रो बन्ने छ ।’ यो कार्यक्रम नगरक्षेत्रका सबै मुसहर समुदायमा लागू हुने क्षेत्रीले स्पष्ट पारे । 

नगरक्षेत्रभित्रका स्थायीबासी मुसहर पुरुष महिला दुवैलाई यो रकम उपलब्ध गराइने क्षत्रीको भनाइ छ । सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएको क्षेत्रीले बताए । २० वर्ष नपुगी विवाह गर्न  नपाइने व्यवस्था भएपनि मुसहर बस्तीमा बालविवाह भने यथावत नै छ । 

अठारदेखि ६९ वर्ष उमेर समूहका मुसहरहरूको तीन वर्षे लघुजीवन बीमाबापत रकम बर्दिबास नगरपालिकाले एकमुष्ठ रु एक लाख १९ हजार तीन सय ४५ जम्मा गरेको हो । बीमा ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दिबास शाखामा गरिएको छ । 

नगरप्रमुख क्षत्रीसहित बीमा कम्पनीका अधिकृत बस्तीमै पुगेर लघुजीवन बीमा गराइएको हो । गरिबी, अशिक्षा र सबैखाले अवसरबाट वञ्चित मुसहरलाई भइपरी आउने दुर्घटनामा राहत होस् भन्ने उद्देश्यले लघुजीवन बीमा गराइएको जनाइएको छ ।

बीमितले तीन वर्षपछि भवितव्य पर्दा एक लाख नगद पाउने लिवर्टी माइक्रो लाइफ इन्स्युरेन्स लिमिटेडका शाखा प्रमुख रविन्द्रकुमार मिश्रले जानकारी दिए । 

नगरपालिकाले बीमा गरिदिँदा स्थानीय सरकारबाट सहयोग पाइने आशा जागेको बस्तीकी ५८ वर्षीया मानकी सदाले बताए। सोही बस्तीका ६६ वर्षीय सुकेश्वर सदा र २२ वर्षीया निशा सदाले लघुजीवन बीमा गरिदिएकोमा खुशी व्यक्त गरे । 

मुसहर बस्तीकी ५७ वर्षीया रजिया सदाले आफ्ना नातिनातिनालाई २० वर्ष उमेर कटाएर मात्र बिहे गर्न सल्लाह दिने बताए । बर्दिबास-१४ को नमुना मुसहर बस्ती धुर्मुस सुन्तली फाउण्डेसनले बनाएर ५२ मुसहर परिवारलाई २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : ११ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना