दूधको उचित मूल्य नपाउँदा किसान मारमा « Khabarhub

दूधको उचित मूल्य नपाउँदा किसान मारमा


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन्। उनले २९  भैँसी पालेका छन् । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्छन्। 

यादवले दैनिक ८० लिटर दूध बिक्री गर्ने गरेको बताए। उनले प्रति लिटर दूध रु ७० देखी रु ७५ सम्ममा बिक्री गर्ने गर्छन् । यादवले मोटरसाइकलमा दूध बिक्री गर्न जाँदा बढी खर्च हुने गरेको बताए।

‘खर्च धेरै छ, आम्दानी न्यून हुन्छ’, यादवले भने। बिहान उठेदेखि बेलुकासम्म उनलाई भैँसीको स्याहार सुसार गर्न भ्याइनभ्याई हुने गरेको छ । भैँसीको स्याहार सुसार गर्नु तथा दूध बिक्री गर्न लमहीसम्म पुग्नु यादवको दैनिकी नै हो । मेहनत अनुसारको दूधको मूल्य नपाएको उनको भनाइ छ । 

‘दूधको मूल्य बढाए बिक्री नहुने समस्या छ’, उनले भने, ‘निश्चित ग्राहक छन्, मूल्य बढाउने बित्तिकै ग्राहकको सङ्ख्या घट्छ ।’ दूध खेर फाल्नुभन्दा सस्तोमा बिक्री गर्नु उचित भएको यादव बताउँछन् । 

यसैगरी राजपुर–३ बसन्तपुरकै लवकुस यादवले पनि दूध प्रति लिटर रु ४५ देखि रु ६० सम्ममा बिक्री गर्दै आएका छन् । खरिदकर्ताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको उनको भनाइ छ । यादवले गाउँकै होटल तथा संकलन केन्द्रमा दूध बिक्री गर्छन् । 

दूध उत्पादन बढी भएकाले सस्तोमा बेच्नु परेको छ”, यादवले भने। राज्यले कृषकले उत्पादन गरेको दूध उचित मूल्यमा खरिद गर्ने वातावरण बनाइदिनुपर्ने  उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका–२ रामपुरमा ‘ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म’ सञ्चालन गर्दै आएका गोपाल खनाल दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन  गर्छन् । उनले रु ९० मा दूध स्थानीय डेरीलाई बिक्री गर्दै आएका छन् । बाँकी दूध उपभोक्ताको घर घरमा गएर पनि बिक्री गर्ने गरेको उनको भनाइ छ । “प्रति लिटर रु ७० भन्दा बढीमा दूध बिक्री गर्नै सकिएको छैन”, खनालले भने। उनीसँग रु ७० मा दूध खरिद गर्ने डेरीले भने उपभोक्तालाई रु एक सयमा बिक्री गर्ने गरेका छन् । 

सरकारले दूधको उचित मूल्य निर्धारण गर्नुपर्ने कृषकको माग छ ।  स्थानीय तहले कृषकको समस्या बुझ्न नसकेको उनीहरु बताउँछन्  । “स्थानीय सरकार कृषकको समस्याबारे बेखबर छ”, खनालले भने। उहाँको फार्ममा हाल २८ गाई भैँसी छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : १५ बजे

कांग्रेस १५औँ महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ 

नेकपा केन्द्रीय संयोजन समितिको बैठक जारी

काठमाडाैँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी