सुन तस्करी प्रकरणमा दोषी देखिने जोसुकैलाई कारवाही हुनुपर्छ : प्रकाशशरण महत  | Khabarhub Khabarhub

सुन तस्करी प्रकरणमा दोषी देखिने जोसुकैलाई कारवाही हुनुपर्छ : प्रकाशशरण महत 


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारवाही गर्नुपर्ने बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि अनुसन्धान गर्दा दोषी देखिए कारवाही गर्नुपर्ने बताएका हुन् । 

सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको अवस्थामा अहिले नै अनुसन्धान गर्ने निकायलाई अविश्वास गर्न नमिल्ने उनको भनाइ छ । सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा आफुहरु रहेको भन्दै उच्च मर्यादामा पुगेका व्यक्तिहरूले त्यसलाई पालना गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै महतले कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको र अफर गरेको भन्नेलाई प्रमाण देखाउन चुनौति दिए ।

उनले सरकारका मन्त्रीका रुपमा रहेका व्यक्तिहरू उपर लागेका आरोपहरूको अनुसन्धान गर्दा प्रभावित हुने विषयलाई कांग्रेसले संसद्‌मा उठाएको भन्दै यसलाई स्वभाविक रुपमा लिनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : १९ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना