इजराइली प्रधानमन्त्री नेतान्याहु र जर्मनीका चान्सलरबीच भेट « Khabarhub

इजराइली प्रधानमन्त्री नेतान्याहु र जर्मनीका चान्सलरबीच भेट


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

तेलअभिव– इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार प्रधानमन्त्री कार्यालय जेरुसेलममा जर्मनीका चान्सलर ओलाफ सोल्जसँग भेट गरेका छन् । चान्सलरको यो तेस्रो इजरायल भ्रमण हो भने गाजामा हमासले युद्ध सुरु गरेपछिको दोस्रो भ्रमण हो । 

‘इजराइली सैनिकहरूले आधुनिक समयका कुनै पनि अन्य सैनिकको तुलनामा नागरिक हताहत न्यूनीकरण गर्न धेरै काम गरेको छ र अन्य सैनिकको तुलनामा घना सहरी युद्ध र नागरिकलाई मानव ढालका रूपमा प्रयोग गर्ने हमासजस्ता लडाकूहरूको सामना गरेका छन्’, चान्सलरसँगको भेटपछि प्रधानमन्त्री नेतान्याहूले भने।

इजराइलले मानवीय सहायता वृद्धिका लागि गरेका असामान्य प्रयास गरिरहेको उनले बताए । यद्यपि हमासको लुटपाटले गाजामा यस्ता साहयता वितरणका लागि मुख्य अवरोध सृजना गरेको कुरा बताए । 

“हाम्रो नरसंहारका लागि प्रतिबद्ध हमास लडाकू समूहको अन्त्य गर्न सकिएन भने गाजाका लागि शान्तिको भविष्य छैन, इजराइलको भविष्य छैन । यसको अन्त्य गरिएन भने यो पुनःसङ्गठित हुनेछ र पुनःकब्जा गर्नेछ र नरसंहार बारम्बार दोहोरिनेछ”, प्रधानमन्त्री नेतान्याहूले भने ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : ५६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।