इजराइली प्रधानमन्त्री नेतान्याहु र जर्मनीका चान्सलरबीच भेट | Khabarhub Khabarhub

इजराइली प्रधानमन्त्री नेतान्याहु र जर्मनीका चान्सलरबीच भेट


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

तेलअभिव इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार प्रधानमन्त्री कार्यालय जेरुसेलममा जर्मनीका चान्सलर ओलाफ सोल्जसँग भेट गरेका छन् । चान्सलरको यो तेस्रो इजरायल भ्रमण हो भने गाजामा हमासले युद्ध सुरु गरेपछिको दोस्रो भ्रमण हो । 

‘इजराइली सैनिकहरूले आधुनिक समयका कुनै पनि अन्य सैनिकको तुलनामा नागरिक हताहत न्यूनीकरण गर्न धेरै काम गरेको छ र अन्य सैनिकको तुलनामा घना सहरी युद्ध र नागरिकलाई मानव ढालका रूपमा प्रयोग गर्ने हमासजस्ता लडाकूहरूको सामना गरेका छन्’, चान्सलरसँगको भेटपछि प्रधानमन्त्री नेतान्याहूले भने।

इजराइलले मानवीय सहायता वृद्धिका लागि गरेका असामान्य प्रयास गरिरहेको उनले बताए । यद्यपि हमासको लुटपाटले गाजामा यस्ता साहयता वितरणका लागि मुख्य अवरोध सृजना गरेको कुरा बताए । 

“हाम्रो नरसंहारका लागि प्रतिबद्ध हमास लडाकू समूहको अन्त्य गर्न सकिएन भने गाजाका लागि शान्तिको भविष्य छैन, इजराइलको भविष्य छैन । यसको अन्त्य गरिएन भने यो पुनःसङ्गठित हुनेछ र पुनःकब्जा गर्नेछ र नरसंहार बारम्बार दोहोरिनेछ”, प्रधानमन्त्री नेतान्याहूले भने ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : ५६ बजे

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३