दुग्ध किसानको बक्यौता समस्या छिटै समाधान हुन्छ « Khabarhub

दुग्ध किसानको बक्यौता समस्या छिटै समाधान हुन्छ


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषिमन्त्री ज्वालाकुमारी साहले दुग्ध किसानको बक्यौता समस्या छिटै समाधान हुने बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित दुधपान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले निजी क्षेत्रबाट किसानहरुलाई चार अर्ब र डिडिसीबाट दुई अर्ब भुक्तानी गर्न बाँकी रहेको देखिएकाले डिडिसीका तर्फबाट ऋण स्वरुप ३० करोड निकासा गर्न स्वीकृत भइसकेको जानकारी दिइन् ।

उक्त रकम एक हप्ताभित्र किसानको हातमा पुग्ने उनले दावी गरिन् । उनले पशु बिमा कम्पनीलाई सञ्चालन गर्न ४८ करोड रुपैयाँ स्वीकृत प्रदान गरिसकेको जानकारी दिइन् । मन्त्री साहले दूध उत्पादन गरे अनुसार बिक्रीको समस्या देखिएको भन्दै सरकारले बिभिन्न कार्यक्रम सञ्चालन गरि सहज रुपमा दूध बिक्रीको व्यवस्था गरिने बताइन् ।

उनले विद्यालय दिवा खाजा कार्यक्रममा कम्तीमा एक गिलास दुध अनिवार्य रुपमा दिनुपर्ने नीतिलाई कार्यान्वयन गर्नुपर्ने बताइन् । नेपाल डेरी एसोसिएसनको आयोजना र दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौंको प्रोलिफिक माविमा दुधपान कार्यक्रम आयोजना गरिएको हो ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ५९ बजे

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती