उत्तर कोरियाले रूसलाई सात हजार हतियार पठाएको सियोलको दाबी « Khabarhub

उत्तर कोरियाले रूसलाई सात हजार हतियार पठाएको सियोलको दाबी


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सियोल – युक्रेनसँगको युद्धमा प्रयोग गर्न उत्तर कोरियाले रूसलाई करिब सात हजार कन्टेनर हतियार पठाएको दक्षिण कोरियाका रक्षामन्त्रीले सोमबार बताएका छन् ।

युक्रेनमाथि आक्रमण गरेको भन्दै रूस र उत्तर कोरियामाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको छ भने प्योङयाङले आणविक हतियार परीक्षण गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।

रूसी नेता भ्लादिमिर पुटिन र किम जोङ उनबीच गत सेप्टेम्बरमा रूसको सुदूर पूर्वमा शिखर वार्ता भएको र त्यसपछि प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन थालेको यसअघि संयुक्त राज्य अमेरिकाले पनि दाबी गरेको थियो ।

रक्षामन्त्री शिन वोन सिकले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, “उत्तर कोरियाबाट रूसतर्फ सेप्टेम्बरदेखि अहिलेसम्म थप ३०० कन्टेनर हतियार पठाइएको र यसद्ध सुरू भएदेखि अहिलेसम्म करिब सात हजार कन्टेनर त्यहाँ पुगेका छन् ।”

संयुक्त राज्य अमेरिकाले सन् २०२३ अक्टोबरमा प्योङयाङबाट मस्कोमा हतियार ढुवानी भइरहेको बताएको थियो र उत्तर कोरियाले त्यस समयमा रूसलाई एक हजार भन्दा बढी कन्टेनर सैन्य उपकरण र युद्धसामग्री पठाएको दाबी गरेको थियो ।

उत्तर कोरियाले मस्कोबाट सैन्य टोही उपग्रह प्रक्षेपण गर्ने प्रयासबारे प्राविधिक सल्लाह प्राप्त गरेको बदलामा नोभेम्बरमा प्योङयाङले रूसमा १० लाखभन्दा बढी तोपगोला पठाएको सियोलले बताएको थियो ।

गत सेप्टेम्बरमा रूस भ्रमणका क्रममा किमले मस्कोसँगको द्विपक्षीय सम्बन्ध आफ्नो देशको ‘पहिलो प्राथमिकता’ भएको घोषणा गरेका थिए । यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार किमले रूसी राष्ट्रपति पुटिन पाँचौँ कार्यकालका लागि पुनः निर्वाचित भएकामा बधाई सन्देश पठाएका छन् ।

सन्देशमा भनिएको छ, “म तपाईंसँग दृढताका साथ हातेमालो गर्नेछु र आगामी समय उत्तर कोरिया–रूस मित्रताको नयाँ युग बन्नेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ९ : ३४ बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट