कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी « Khabarhub

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा मौसम सफा रहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

यस्तै, कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी  भूभागका एकदुई स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्नेछ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।

आज सूर्योदय बिहान ५ बजेर ३६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३० मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ६ : ०२ बजे

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक