आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित « Khabarhub

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ल क्यापिटल्सले शानदार जित निकालेको छ। गुजरात टाइटले दिएको ९० रनको चुनौती दिल्लीले ४ विकेटको क्षतिमा ६७ बल बाँकी हुँदै भेट्टाएको हो।

टस जितेको दिल्लीले गुजरातलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो। गुजरातको ब्याटिङ नचल्दा १७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाएको हो।

गुजरातका लागि रासिद खानले सर्वाधिक ३१ रन जोडे। साई सुदर्शन १२ रनमा आउट हुँदा राहुल तेवाटिया १० रनमा समेटिए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

गुजरातको इनिङलाई कमजोर पार्न दिल्लीका लागि मुकेश कुमारले तीन विकटे लिए। इशान शर्मा र ट्रिस्टन स्टब्सले समान दुईदुई विकेट हात पारे भने खलील अहमद र अक्षर पट्टेलले एकएक विकेट लिए।

९० रनको लक्ष्य पछ्याएको दिल्लीका लागि जेक फ्रेजर म्याकगुर्कले २० रन जोडे। साई होप १९, कप्तान ऋषभ पन्त नटआउट १६ र सुमित कुमार नटआउट ९ रनमा समेटिए। दिल्लीले ८.५ ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाएको हो।

यो जितसँगै दिल्ली अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ। उसले सात खेलमा ६ अंक जोडेको छ। समान ६ अंकमा रहेको गुजरात भने रनरेटको आधारमा सातौं स्थानमा झरेको छ।

आईपिएल अन्तर्गत बिहीबार पञ्जाब किंग्स र मुम्मबई इन्डियन्सको प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ७:४५ मा सुरु हुनेछ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ६ : १३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका