मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन | Khabarhub Khabarhub

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ टिनएजरका लागि मन नपर्ने नाम हुनसक्छ। केही साता यता उनीप्रति आक्रोश नै थपिएको छ। उनको पुस्तक ‘एन्जाइटिस जेनेरेसन’ प्रकाशित भएको छ। यो पुस्तकमा सामाजिक सञ्जाल र स्मार्ट फोन कसरी अबको पुस्ताका लागि महामारी र मानसिक रोगको कारक बनेको छ भनेर उल्लेख गरिएको छ।

उनले १६ वर्ष पुरा नभएसम्म बच्चाको पहुँचमा स्मार्ट फोन पुग्न नहुने प्रष्ट लेखेका छन्। यसको वैज्ञानिक कारणका बारे धेरै प्रश्न उठेका थिए। उनले अमेरिकामा गरिएको अध्ययनलाई नै यसको मुख्य आधार बनाएका छन्।

धेरै मानिस पछिल्लो समय डिप्रेसन र मानसिक रोगको सिकार भइरहेको तथा यसले विस्तारै अन्यत्र पनि प्रभाव पारेको हुनसक्ने बताएका छन्। यो समस्या सबैभन्दा धेरै त टिनएजरमा भएको उनको निष्कर्ष छ।

मनोचिकित्सक जोनाथान हाइडटले १६ वर्ष पुरा नभएसम्म बच्चाको पहुँचमा स्मार्ट फोन पुग्न नहुने प्रष्ट लेखेका छन्। यसको वैज्ञानिक कारणका बारे धेरै प्रश्न उठेका थिए। उनले अमेरिकामा गरिएको अध्ययनलाई नै यसको मुख्य आधार बनाएका छन्।

अमेरिकन साइकोलोजिस्ट एसोसिएसन (एपिए)ले पनि सामाजिक सञ्जालमा रिपोर्टका बारे धारणा सार्वजनिक गर्दै स्मार्टफोन स्वास्थ्यका लागि हानिकारक ठहर गरेको छ। एपीएकै अनुसार कुनै पनि टिनएजर स्मार्ट फोन चलाउन आफूलाई नियन्त्रणमा राख्न सक्दैनन्। यसले विकराल समस्या निम्तिन सक्छ। साथै चौतर्फी समस्या उत्पन्न हुनसक्छ।

यो पुस्ता बढ्दै गएपछि समाजको संरचनामा नै असर गर्नसक्ने चेतावनीसमेत हाइडटको छ। हाइडट न्युयोर्क विश्वविद्यालयको लियोनार्ड एन स्टर्न स्कुल अफ बिजनेसमा इथिकल लिडरसिपका प्राध्यापक हुन्। २६ मार्चमा यो पुस्तक प्रकाशन भएको थियो। त्यसपछि यसको व्यापक चर्चा भएको छ।

बच्चा उमेर खेल्नकै लागि भएको उनको भनाइ छ। अभिभावकले हराउने, दुर्घटना हुने या अपहरणको सम्भावनाका डरले ९० को दशकदेखि नै आफ्ना बच्चालाई नियन्त्रणमा राख्न थालेका थिए। ९० को दशकमा संसारमा इन्टरनेटको प्रभाव बढेपछि यसलाई प्रजातन्त्रको सूचक मान्न थालियो। यसपछि प्रतिस्पर्धात्मक बजारमा प्रविधिको ज्ञान हुनु नै स्मार्ट हुनेको पर्याय मान्न थालिएको हो। पछिल्लो समय दैनिक ९ घण्टासम्म युवा पुस्ता मोबाइलमा रमाउन थालेपछि पक्कै पनि यसले गम्भीर संकट ल्याउने देखिन्छ।

मानिसले बच्चालाई वास्तविक दुनियाँबाट बढी जोगाएर राखे। जुन आवश्यकता भन्दा बढी हो। ठिक उल्टो इन्टरनेटको दुनियाँबाट जोगाउनु पर्ने भए पनि अभिभावकले जोगाएनन्। यसैका कारण उत्पन्न समस्या आगामी पुस्ताले भोग्नै पर्ने हुन्छ।

मानिसले बच्चालाई वास्तविक दुनियाँबाट बढी जोगाएर राखे। जुन आवश्यकता भन्दा बढी हो। ठिक उल्टो इन्टरनेटको दुनियाँबाट जोगाउनु पर्ने भए पनि अभिभावकले जोगाएनन्। यसैका कारण उत्पन्न समस्या आगामी पुस्ताले भोग्नै पर्ने हुन्छ।

१० वर्ष अघि सबै भन्दा बढी बच्चो हाड भाँचिएको तथा चोटपटक लागेको कारण अस्पताल जान्थे। अहिलेको दशकमा त्यो घटेको छ। तर यसको मतलब यो होइन कि आगामी पुस्ता कम रोगी छ। यसरी स्मार्टफोनमा नै झुम्मिन थालेपछि हाड भाँचिएको कारण तथा शारिरिक चोट लागेका कारण बच्चा अस्पताल जानेक्रम कम भएको छ। तर मानसिक रोगीको सङ्ख्या बढी रहेको छ। स्मार्ट फोनले ल्याउने अन्य शारीरिक समस्याको बारे त धेरै अध्ययन हुन नै बाँकी छ।

केटाहरू भिडियो गेम, युट्युब र रेडिकमा अलमलिन थाले। केटीको रुचि भने इन्सटाग्राम लगायत सामाजिक सञ्जालमा धेरै देखिएको छ। केटीहरू धेरै भावनात्मक हुने भएका कारण आफ्ना भावना सामाजिक सञ्जालमा छताछुल्ल पार्ने गरेका छन्।

यसरी सामाजिक सञ्जालमा धेरै व्यस्त हुने केटी मात्र होइन उमेर पुगेकामा पनि मानसिक रोगको जोखिम बढ्नसक्छ। सन् २०१० यताको डेटा हेर्ने हो भने मानसिक कारणले आफैलाई दुःख दिने केटीको सङ्ख्या बढी रहेको छ। मानसिक असन्तुलनको समस्या समेत बढेको छ।

अमेरिकामै गरिएको अध्ययनका अनुसार सन् २०१९ मा कोभिड महामारीपछि यो समस्यामा अझ धेरै बढेको छ। त्यो समयदेखि संसारमा आत्महत्याको क्रम पनि बढेको छ। हाइडटकै विचारमा यो संसारको नै समस्या हो। यसको समाधानमा ध्यान नदिने हो भने आगामी पुस्ता गम्भीर दुर्घटनामा पर्नसक्छ।

उनले पुस्तकमा चार उपाय प्रस्ट उल्लेख गरेका छन्। पहिलो भनेको त हाई स्कुल पुरा नभएसम्म स्मार्ट फोन छुन नै दिनु हुँदैन। सामाजिक सञ्जालमा पनि टिनएजलाई खासै अवसर दिनु हुँदैन। विद्यालय तह फोन फ्रि हुनु जरुरी छ। चौथो भनेको बच्चालाई दिइने स्वतन्त्रता हो। यो उमेर गुम्सिएर भन्दा खुलेर बाच्ने नै हो।

हाइडटले त यत्ति गम्भीर समस्याको सम्भावना देखेका छन् कि अबको पुस्ता गम्भीर मानसिक रोगी पुस्ता हुन सक्नेछ। हुनसक्छ शतप्रतिशत नै डिप्रेसन र एन्जाइटी सहितको पुस्ता पनि हुनसक्ने छ।

सन् २०१९ मा कोभिड महामारीपछि यो समस्यामा अझ धेरै बढेको छ। संसारमा आत्महत्याको क्रम बढेको छ। यो संसारको समस्या हो। यसको समाधानमा ध्यान नदिने हो भने आगामी पुस्ता गम्भीर दुर्घटनामा पर्नसक्छ।

अमेरिकामा उनले गरेको अध्ययनका अनुसार केटी मानिसमा अझ धेरै आत्महत्याको जोखिम बढेको छ। यसले त्यहाँको समाजलाई खतरा निम्त्याएको कुरा हाइडटले आफ्नो पुस्तकमा बारम्बार उल्लेख गरेका छन्।

उनले कम उमेरमा स्मार्ट फोन प्रयोग गर्ने देशमा आर्थिक समस्या उत्पन्न हुने तथा सामाजिक संरचना नै खलबल हुने पनि ठहर गरेका छन्।

एक अध्ययनले अझ अचम्म लाग्दो कुरा पत्ता लगाएको छ। बिना फोन केही समय बिताउनु परेमा पसिना आउने र मुटुको ढुकढुकी कम हुने गर्छ। नियमित भन्दा कम इमेल तथा म्यासेज आएमा पनि यस्तो समस्या देखिनसक्छ।

स्मार्ट फोनको लतका कारण धेरै अनावश्यक कुरामा झुम्मिने तथा वास्तविक दुनियाँबाट धेरै टाढा रहने सम्भावना पनि रहनसक्छ।

स्मार्टफोनले मेलाटोनिन विकासमा असर गर्छ। यसै कारण हाम्रो निन्द्रामा पनि असर गर्नसक्छ। यसले निन्द्रामा असर गर्ने, दिउँसो थकाइ लाग्ने र विस्तारै अन्य शारीरिक समस्या आउनसक्छ।

फोन साथमा नभए असहज महसुस हुने, आवश्यक सबै कुरा भेटेर भन्दा म्यासेजमै कुराकानी सकाउन मन लाग्ने, कुनै सिर्जनशील काम गर्न मन नलाग्ने भएमा यो स्मार्ट फोनका कारण उत्पन्न भएको डिप्रेसन हुनसक्छ।

सामाजिक सञ्जालमा धेरै सक्रिय भएकै कारण यसको आदतमै रमाएर वास्तविक दुनियाँमा नरमाउने पनि हुनसक्छ। धेरै मानिस सामाजिक सञ्जालकै कारण डिप्रेसनमा पुगेको तथा आफू लागेको क्षेत्रमा सही काम गर्न असमर्थ हुँदै गएका छन्।

यसको मानसिक असर भएको सुरुवाती चरणमा नै थाहा पाउन सकिन्छ। हामीलाई फोन साथमा नभए असहज महसुस हुने, आवश्यक सबै कुरा भेटेर भन्दा म्यासेजमै सकाउन मन लाग्ने, अन्य काममा असर गर्ने कुनै सिर्जनशील काम गर्न मन नलाग्ने भएमा यो स्मार्ट फोनका कारण उत्पन्न भएको डिप्रेसन पनि हुनसक्छ।

स्मार्ट फोन बच्चाका लागि त हानी कारक हुन्छ। उमेर भएकाहरुले पनि सही उपयोग गर्न नसके घातक ठहर हुनसक्छ। तसर्थ यसबाट बच्ने उपाय सही समयमा नै नअपनाएमा मानसिक रोगको महामारीतर्फ नै समाज जान सक्नेछ। स्रोत : सिएनएन, थेरापीब्रान्ड्स

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ७ : ०३ बजे

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम