भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

नादियाद नजिकै तीव्र गतिमा रहेको कार रोकिराखेको तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको थियो । प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको अवस्थामा कार ठोक्किएको थियो । कार बडोदराबाट अहमदाबाद जाँदै थियो ।

कारमा १० जना सवार रहेका थिए । जसमा ८ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ८ पुरुष, एक महिला र एक बालक रहेका छन् । दुर्घटनाको खबर पाए लगत्तै दुईवटा एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । यससँगै राजमार्गको उद्धार टोली पनि घटनास्थलमा पुगेको थियो ।

दुर्घटनामा परेकाहरूको शव निकाल्न गाडीको पाता काट्नु परेको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ८ : ४५ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः