सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते | Khabarhub Khabarhub

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक घाइते भएका छन् ।

पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा१३च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोकतर्फ आइरहेको बा१प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका हुन् ।

घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

स्कार्पिओ अनियन्त्रित हुँदा एक पसलमा समेत क्षति पुगेको छ । प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ११ : ४० बजे

वेस्ट इन्डिजविरुद्ध नेपालको तेस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल

बागमतीलगायत केही प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं–  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले हाल

आईपिएल : मुम्बईलाई हराउँदै लखनउ तालिकाको तेस्रो स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार