रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई « Khabarhub

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई


६ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका छन् । युभेन्टसबाट खेल्दा क्लबले १० मिलियन युरो भुक्तानी नदिएको विषयमा रोनाल्डो अदालत गएका थिए ।

रोनाल्डोले गत सेप्टेम्बरमा युभेन्टसविरुद्ध भुक्तानी नदिएको भन्दै मुद्धा दायर गरेका थिए । कोरोना महामारीको बेला क्लबले रोनाल्डोलाई दिने भनेको सो रकम नदिएको बताइएको छ ।

रोनाल्डोले करिब २० मिलियन युरो नदिएको बताए पनि अदालतले रोनाल्डो र युभेन्टस दुवैलाई यस प्रकरणमा दोषी मान्दै आधा रकम भुक्तानी गर्न युभेन्टसलाई निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

रोनाल्डोले तीन सिजन युभेन्टसबाट खेलेपछि सन् २०२१ को अगस्टमा क्लब छोडेका थिए । तीन सिजनमा रोनाल्डोले युभेन्टसका लागि १३४ खेलमा १०१ गोल गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ११ : ५२ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म