रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई « Khabarhub

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई


६ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका छन् । युभेन्टसबाट खेल्दा क्लबले १० मिलियन युरो भुक्तानी नदिएको विषयमा रोनाल्डो अदालत गएका थिए ।

रोनाल्डोले गत सेप्टेम्बरमा युभेन्टसविरुद्ध भुक्तानी नदिएको भन्दै मुद्धा दायर गरेका थिए । कोरोना महामारीको बेला क्लबले रोनाल्डोलाई दिने भनेको सो रकम नदिएको बताइएको छ ।

रोनाल्डोले करिब २० मिलियन युरो नदिएको बताए पनि अदालतले रोनाल्डो र युभेन्टस दुवैलाई यस प्रकरणमा दोषी मान्दै आधा रकम भुक्तानी गर्न युभेन्टसलाई निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

रोनाल्डोले तीन सिजन युभेन्टसबाट खेलेपछि सन् २०२१ को अगस्टमा क्लब छोडेका थिए । तीन सिजनमा रोनाल्डोले युभेन्टसका लागि १३४ खेलमा १०१ गोल गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ११ : ५२ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले