जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद « Khabarhub

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद


६ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । 

उपमहानगरपालिका-१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए । उनका अनुसार युवतीको शव नजिकै एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो । 

‘स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको छ’, उनले भने। 

उनका अनुसार जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुने युवती महोत्तरी मनरासिसवाका अन्दाजी २२ वर्षीय प्रियंका महतोको रहेको डीएसपी अवाले बताए । युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  १ : १५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन