एन्फाका उपाध्यक्ष लामा रिहा  « Khabarhub

एन्फाका उपाध्यक्ष लामा रिहा 


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् ।

बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि नै तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि रिहा भएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेकोका छन् ।

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  २ : ०५ बजे

दैनिक उकालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक : घुम्तीको चर्चा जताततै

भोजपुर – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई