अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग | Khabarhub Khabarhub

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन तरकारी तथा फलफूल भन्सार तथा सीमाविन्दुमा नै रोक्न माग गरेको छ । 

सङ्घका अध्यक्ष खेम प्रसाईँले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष कडाइका साथ जाँच गरिनुपर्ने, जाँच नगरी ल्याइएका सामान सीमामै जफत गरिनुपर्ने र खुला सीमाको फाइदा उठाउँदै लुकिछिपी सामान भित्रिन नदिन सुरक्षा निकायलाई कडा निर्देशन दिनुपर्नेलगायत माग गरिएको बताए । 

सीमाका समस्या बुझ्न मेचीनगर आएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आयातीत अखाद्य तरकारी तथा फलफूलले जनस्वास्थ्यका साथै स्वदेशी उत्पादनमा गम्भीर असर पुर्‍याएका बारेमा ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष प्रसाईंले जानकारी दिए । 

आयातीत अखाद्य सामग्री रोक्ने विषयमा काँकडभिट्टास्थित मेची भन्सार कार्यालय, खाद्य तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, क्वारेन्टिन कार्यालयमा ज्ञापन पत्रसहित ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

अध्यक्ष प्रसाईंको नेतृत्वमा सङ्घ र कृषक प्रतिनिधिमण्डलले भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, प्रमाणीकरण कार्यालयका प्राविधिक सहायक दिनेश ढुङ्गाना र क्वारेन्टिन कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ राईलाई भेटेर समस्या अवगत गराइएको सङ्घका महासचिव दिनेश शाक्यले बताए ।

मेचीनगर-१५ स्थित स्मार्ट कृषि फार्मका सञ्चालक हरि नेपालले नेपालमै उत्पादन भएको तरकारी नबिकेर गाईवस्तुलाई खोले खुवाउने अवस्था आएको विषयमा सरकारले चासो नदिएको गुनासो गरे । उनले आफ्नो फार्ममा लाखौँको लगानीमा खरबुजा र तरकारी उत्पादन भए पनि भारतबाट भित्रिने सस्तो मूल्यको अखाद्य तथा गुणस्तरहीन तरकारीले बजार कब्जा गरेको बताए ।

प्रमाणीकरण कार्यालय काँकरभिट्टाका प्राविधिक सहायक ढुङ्गानाले आयातकर्ताले ल्याउने तरकारी तथा फलफूलको नमुना मात्र कार्यालयको प्रयोगशालामा जाँच गरिने जानकारी पाएको उल्लेख गर्दै सङ्घका महासचिव शाक्यले सरकारी निकायबाटै नमुना संकलन गरेर परीक्षणको व्यवस्था हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएको बताए ।

मेची भन्सार कार्यालयका प्रमुख रेग्मी र क्वारेन्टाइन कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत राईबाट गुणस्तर परीक्षण गरेर मात्र भारतबाट तरकारी तथा फलफूल आयात गर्न पाउने व्यवस्थालाई कडाइका साथ पालना गरिने प्रतिबद्धता व्यक्त भएको महासचिव शाक्यले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ३ : १८ बजे

काठमाडौं महानगरले भन्यो- फोहरमैला घर तथा कम्पाउन्डमा सुरक्षित तरिकाले राख्नुहोला

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध

अलपत्र परेका पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी बल परिचालन

काठमाडौं– मनाङको तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र

एमालेमा छ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को  ११औँ राष्ट्रिय महाधिवेशनका लागि छ

मा‌ओवादीमा प्रचण्ड-जनार्दन टकराव छताछुल्ल, सुशीलाले सुदनलाई लगाइन् गम्भीर आरोप

काठमाडौं- नेकपा माओवादी केन्द्रमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता

वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

काठमाडौं– नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको