मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह « Khabarhub

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ ।

प्रदेशसभाको विशेष अधिवेशनको आजको बैठकमा बोल्दै नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकोले मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

उनले अहिले संकल्प प्रस्तावमा  छलफल गर्दै गर्दा मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए । उनले सर्वोच्च अदालतले गरेको व्याख्यामा सरकार बन्ने विकल्प बाँकी रहेसम्म नयाँ सरकार गठन हुन सक्ने दाबी गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकारलाई सांसदले दिएको समर्थन फिर्ता लिन पाउने र फिर्ता लिएपछि मुख्यमन्त्रीले अनिवार्य विश्वासको मत लिनुपर्ने जिकिर गरेका थिए । 

आजको बैठकमा भण्डारी प्रस्तावक रहेको र माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस भएको छ ।

संकल्प प्रस्तावमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने प्रस्ताव रहेको छ । 

संकल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका थिए । अब प्रदेश सभाको अर्को बैठक शुक्रबार ११ बजे बस्ने भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ४ : २१ बजे

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली– नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध