तस्कर समात्न बारामा प्रहरीले चलायो गोली « Khabarhub

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका–४ ईनर्वाबाट दुई सय ३० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका-४ टेग्राहाका चन्दन पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार तस्करहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गर्नुपरेको थियो ।

भारततर्फ ठुलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा तस्करहरुको खोजी गर्दै जाँदा ईनर्वामा फेला परेका थिए।

पक्राउ परेका पासवानबाट जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  १० : ३७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।