सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल « Khabarhub

सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्स पराजित भएको छ। वनखडे रंगशाला मुम्बईमा लखनउ सुपर जायन्ट्स र मुम्बईले अन्तिम प्रतिस्पर्धा गरेका हुन्।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको लखनउले ६ विकेटको क्षतिमा २१४ रन बनाएको थियो। लखनउका लागि निकोलस पुरन र कप्तान केएल राहुलले अर्धशतक बनाए। पुरनले मात्र २९ बलमा ५ चौका र ८ छक्काको मद्दतमा ७५ रन बनाए भने कप्तान राहुलले सम्हालिएर खेल्दै ४१ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५५ रन बनाए। मार्कश स्टोनिसले २८ रन बनाउँदा आयुष बदोन नटआउट २२ रनमा समेटिएका थिए।

मुम्बईका लागि नुवान तुषारा र पियुष चावलाले समान तीनतीन विकेट लिए।

२१५ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि अन्तिम खेलमा रोहित शर्मा र नविन धिरले अर्धशतक बनाए पनि जितका लागि त्यो पर्याप्त भएन। ३८ बल खेल्दै १० चौका र ३ छक्काको मद्तमा शर्माले ६८ रन बनाए भने धिरले २८ बलमा ४ चौका र ५ छक्काको मद्तमा नटआउट ६२ रन बनाए।

मुम्बईका लागि डिवाल ब्रेभिसले २३, कप्तान हार्दिक पाण्डेय १६, इसन किशन १४ रनमा समेटिए। मुम्बई पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९६ रनमा समेटिएको हो।

मुम्बईलाई सस्तैमा समेट्न लखनउका लागि नवीन उलहक र रवि बिश्नोईले समान दुईदुई विकेट हात पारे भने क्रुनाल पाण्डेय र मोहसिन खानले समान एकएक विकेट हात पारे।

प्लेअफ पुग्न लखनउले ठुलो अन्तरको जित र अन्य खेलमा भर पर्नुपर्ने आवश्यक थियो। १८ रनको जितले लखनउलाईसमेत प्लेअफको ढोका बन्द गरिदिएको छ। समान १४ अंकसहित रन रेटको आधारमा माथि रहेको चेन्नईले एक खेल खेल्न बाँकी छ।

प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो चेन्नई र रोयल च्यालेन्जर्स बैंग्लोरबिच शनिबार हुने खेलले निर्धारण गर्नेछ। चेन्नईले जित निकाले १६ अंकसहित प्लेअफ पुग्नेछ भने फराकिलो अन्तरमा पराजित भएमा रनरेटको आधारमा प्लेअफ पुग्ने टिमको टुंगो लाग्नेछ। यसअघि नै कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन्।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ६ : ११ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ