गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का | Khabarhub Khabarhub

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का



प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी हुनैपर्छ भन्ने छैन। परिश्रम, लगन छ भने जस्तोसुकै ठाउँमा पनि प्रतिकूल अवस्थामा पनि उसले आफूलाई स्थापित गर्नसक्छ भनेर विश्वका प्रख्यात पूर्वी र पश्चिमा साहित्यकारले प्रमाणित गरिदिएका छन्।

आफूले आर्थिक संकट झेल्नु परे पनि साहित्यको भण्डार भर्न क्रियाशील प्रशस्त लेखक साहित्यकार छन्। वाल्मीकि पहिला रत्नाकर डाकू थिए भने कालिदास महामूर्ख। आफ्नो लगन परिश्रमका कारण दुवै महाकवि बने। यहाँ थुप्रै साहित्यकार छन्, जसले जीवनभर अभावमा रहेर साहित्यका माध्यमबाट आफूलाई चिरपरिचित बनाए।

यस्ता साहित्यकारको पंक्तिमा ओहेनरी, आन्तोन चेखब, लक्ष्मीप्रसाद देवकोटा, चार्ल्स डिकेन्स, एडगर एलन पो, जर्ज बर्नाड शा, लर्ड बायरन, शेक्सपियर आदि हुन्। यिनीहरुले जीवनमा झेल्नु परेको अभाव र साहित्यमा गरेको योगदान अविस्मरणीय छ। पैसा नभएर फिटफिटी परेको बेला मस्तिष्कमा सिर्जनाको प्लट खेल्छ भन्ने विश्वास राख्ने ओ हेनरीसँग पत्रिकामा मानिस आएर कथा माग्थे।

वाल्मीकि पहिला रत्नाकर डाकू थिए भने कालिदास महामूर्ख। आफ्नो लगन परिश्रमका कारण दुवै महाकवि बने। यहाँ थुप्रै साहित्यकार छन्, जसले जीवनभर अभावमा रहेर साहित्यका माध्यमबाट आफूलाई चिरपरिचित बनाए।

त्यतिबेला उनी आफूसँग कथा भएको जानकारी दिँदै अग्रिम पारिश्रमिक लिन्थे। अनि पत्रिकाको सम्पादकले रचना माग्दा कागजमा त लेखेको छैन, टाउकोतिर संकेत गर्दै त्यहाँ रहेको बताउँथे। कथाको मूल्य भने अगाडि नै चुकाइएको हुन्थ्यो। कथा लेख्दा पारिश्रमिक पनि सकिन्थ्यो। गर्जो टार्न लेखेको कथा अर्को ठाउँमा बेच्नु परेको बाध्यता उनको जीवनमा धेरै पटक दोहोरियो।

प्रख्यात रुसी साहित्यकार आन्तोन चेखबका बाबु जंगली स्वभावका थिए। खराब मानिसको संगतमा परेका उनी छोरालाई असाध्य कुटपिट गर्थे। बचपनमा पाएको क्रूरताको घाउ बालक आन्तोनको हृदयमा सधैं जीवित थियो। जसको पीडा जीवनभर भोगे पनि आफ्नो लगन र परिश्रमका कारण उनी चम्किए।

टुप्पीसम्म ऋण बोकेका बाबुका छोरा डिकेन्सको घरमा कानाकौडीसम्म थिएन। आफ्नो फुटेको भाग्य सम्झेर धुरुधुरु रुने बालकले साहित्यमा तहल्का मच्चाउला भनेर कसले सोचेको थियो र ! अभाव र छटपटीमा उनी कथा लेख्थे। एकदिन एउटा पत्रिकाले उनको कथा प्रकाशित गर्‍यो। यो देखेर त्यो अभागी बालक खुसीले उफ्रियो। अनि आँखाबाट बरबरी आँसु चुहाउँदै लण्डनको सडक सडकमा बर्बराउँदै हिँड्न थाल्यो।

साहित्यमा पाइलो टेकेको बालक घरको झिटिगुन्टी बेचेर आफ्नो पेट पाल्थ्यो। केही नहुँदा थाल खाउँ कि भात खाउँको जीवन गुजार्थ्यो। घरको काम गर्नेदेखि बजार गएर परिवारको जोहो मिलाउने दायित्त्व उसकै काँधमा थियो। १२ वर्षको कलिलो उमेरमा डिकेन्सले बोतलमा लेबल लगाउने काम गरे। लठुवा र अनपढ साथीका माझमा रहँदा पनि उनीभित्र अद्भूत साहित्य फुर्थ्यो।

प्रख्यात रुसी साहित्यकार आन्तोन चेखबका बाबु जंगली स्वभावका थिए। खराब मानिसको संगतमा परेका उनी छोरालाई असाध्य कुटपिट गर्थे। बचपनमा पाएको क्रूरताको घाउ बालक आन्तोनको हृदयमा सधैं जीवित थियो। जसको पीडा जीवनभर भोगे पनि आफ्नो लगन र परिश्रमका कारण उनी चम्किए।

कविताको धून अनि कल्पना जगतमा उड्न देवकोटाको घर व्यवहार सधैं अलपत्र पर्‍यो। घरका विषयमा उनी सधैं बेखबर रहे। सन्तान भोकभोकै हुन्थे। घरमा खानेकुरा हुँदैनथ्यो। यसैक्रममा एकदिन कविकी धर्मपत्नीले नाङलोमा टाँसिएका चामलका गेडा कोट्याएको दृश्यले साहित्य सिर्जनामा तल्लीन महाकविको मन घोचेको प्रसंग उल्लेख छ । गरिबीमा जन्मेका देवकोटा गरिबीमै बाँचे। गरिबीमै मरे। क्यान्सर रोगको उपचार खर्च सरकारले नै बेहोर्नुपर्‍यो।

नेपाली साहित्यका एक युगको चिनारी बनाएका देवकोटाले साथीलाई लेखेको मर्मस्पर्शी पत्र मुटु हल्लाउने खालको छ। उनले लेखेका थिए, ‘मेरो अगाडि मृत्युको भयंकर रुप खडा भइसकेको छ। म अहिले कृत्रिम शरीर धारण गर्दैछु। आकाशका तारामण्डल छुन खोज्छु, सक्दिन। म उठ्न सके आफैं आत्महत्या गर्ने थिएँ। अनि मेरा बालबच्चाहरुलाई पनि….! म यस दुनियाँलाई बोझ र चिन्ता दिन चाहन्न। अरुले मलाई बुद्धिजीवी भने पनि म आफ्नो निम्ति मूर्ख भएँ, अन्धो भएँ। म त्यो ज्योतितिर ढल्कन खोज्दछु तर अन्धकारले मलाई बोलाइरहन्छ। म यो असह्य वेदना खप्न सक्दिन। पोटासियम साइनाइट कसैले दिए, म त्यसलाई जीवनको सच्चा साथी सम्झने थिएँ।’आर्थिक रुपले पिरोलिए पनि उनी साहित्य सिर्जना एक ध्यानी, एक ज्ञानी भएर लागिरहे।

घरमा श्रीमतीको भोक र खल्तीका पैसाको चोटले पिरोलिएका अंग्रेजी साहित्यका अति लोकप्रिय कविले ‘द रामेन’ नामको कविता अति सस्तो मूल्यमा बेचेर पत्नीको भोक टार्ने कवि हुन- एडगर एलन पो। आफ्नो रचना बेचेर जीवन हाँक्ने पो का बाबु नाटकमा खेल्थे, पैसा कमाउँथे र रक्सी पिउँथे। यसरी आफूले कमाएको सम्पूर्ण पैसा रक्सीमा उडाउँथे। पो का बाबुबाट उदेकलाग्दा कुरा पनि भयो। घरमा आफ्नी पत्नी मर्न आँटेकी भनेर एकदिन पो का बाबु बेपत्ता भए। बच्चाहरुको बिचल्ली भयो। दुईवटी छोरीको छिमेकीले पालनपोषण गरे। पो लाई एउटा व्यापारीले पाल्यो। अर्काको घरमा हुर्की, बढी गर्दा पनि उनको सिर्जना चेत मरेन। पो एकहोरो भएर साहित्यमा निर्लिप्त भएको दृश्यले व्यापारीले गाली गरे, भक्कु कुटे।

घरमा आफ्नी पत्नी मर्न आँटेकी भनेर एकदिन एडगर एलन पोका बाबु बेपत्ता भए। बच्चाहरुको बिचल्ली भयो। दुईवटी छोरीको छिमेकीले पालनपोषण गरे। पो लाई एउटा व्यापारीले पाल्यो। अर्काको घरमा हुर्की, बढी गर्दा पनि उनको सिर्जना चेत मरेन। पो एकहोरो भएर साहित्यमा निर्लिप्त भएको दृश्यले व्यापारीले गाली गरे, भक्कु कुटे।

व्यापारीको बारम्बार कुटाइ सहन गर्न नसकेपछि उनी पल्टनमा लागे। यही स्वभावले पल्टनमा पो ले अपेक्षित उन्नति गर्न सकेनन। पल्टनमा उनले पटक पटक उपद्रो गरे। आज्ञा पालन गरेनन। काममा लत्तो छोडे। कोठामा बसेर कविता कोर्न थाले। यसको नतिजा उनले पल्टनबाटै हात धुनु पर्‍यो। पल्टनबाट विदा भएपछि पो पैसा नभएर फिटफिटी परे। कहिलेकाहीँ त पेटमा पटुका कसेर पनि कविता कोर्थे।

गाउँको थोत्रो घरमा पो ले अमर कविताहरु कोरे। आर्थिक दुरावस्थाले छटपटाउनु परे पनि १३ वर्षकी आफ्नी प्रेमिकाको प्रेमले जीवनलाई हँसिलो, रसिलो बनाएका थिए। पैसा नहुँदा कहिले पटुका कस्थे त कहिले बारीका झारपात खाएर पेट भर्ने कोशिस गर्थे। खानेकुरा नभए पनि प्रेयसीको मायाले उनलाई थप सिर्जनशील बनाएको थियो। एकदिन प्रेमिका बिरामी परिन। तर उनलाई सुताउने लुगाफाटो थिएन। ओखती किन्ने पैसा थिएन।

परालको बिछ्यौनामा पल्टिएको देखेर पो दुखी भए। उनको आँखाबाट भलबाढी झैं आँसु बर्सियो। आँसु नझर्नु पनि किन ? बाहिर मुटु छेड्ने जाडो, भित्र आगोको प्रबन्ध समेत गर्ने सामथ्र्य पो मा थिएन। आफ्नी प्रेयसीलाई सुख दिन नसकेको विषाद थियो। तर यस्तो जटिल स्थितिमा पनि साहित्य सिर्जना छोडेनन। दुखमा आफूले सिर्जना गरेका हरेक पंक्ति प्रेयसीलाई सुनाउँथे। दुखभित्र सिर्जना गरेका हरेक शब्द उनको जीवनका सार्थक कमाई सावित भए। त्यो जोडीको कर्तव्यपरायणले चखेवाचखेवी बिर्साउँथ्यो।

‘साँचो साहित्यकार र कलाकारले आफ्नी पत्नीलाई भोकै राख्छ। छोराछोरीलाई खाली खुट्टा हिँडाउँछ। अनि ७० वर्षकी आमालाई आफ्नो निम्ति खटाउँछ।’भन्ने बर्नाड शा आफैं फाटेको जुत्ता लगाएर हिँड्थे। फाटेको पतलुन नदेखियोस भनेर लामो ओभरकोट ओढ्थे। साथीहरुले अपमानजनक शब्दले गाली गर्दा ङिच्च दाँत देखाएर हेर्थे। कुनै प्रतिवाद गर्दैनथे। यस्तो अवस्थामा पनि पनि उनले फुलाएको सिर्जनात्मक फूलले अहिले पनि विश्वभर मगमग बास्ना छरिरहेको छ।

भोल्तेयरका बाबु आफ्नो छोराको साहित्यप्रति झुकाव देखेर निरास हुँदै भन्थे, ‘साहित्य त्यो मानिसको पेशा हो, जो घरमा बोझ र समाजमा बेकामे हुन्छ, हुन चाहन्छ अनि जो भोकै मर्न खोज्छ।’

वाइरनका बाबुले अघिल्ली पत्नी छाडेर अर्की टिपेर हिँडे। वाइरनकी आमा पनि कम थिइनन् । रिस उठेपछि लगाएका लुगा च्यात्थिन। फूलदानी र चिम्टाले झटारो हान्थिन। बोल्नु नबोल्नु मुख छोड्थिन। अर्काको खुट्टामा हेर्दा समेत आगो हुने वाइरन आमाको त्यस्तो कटुवचनले मर्माहत हुन्थे। एकपल्ट त छुरी झिकेर आफ्नै घिच्रो झण्डै रेटेका थिए। जंगल जस्तो घरमा हुर्के पनि वाइरन आफ्नो जमानामा सर्वश्रेष्ठ कवि थिए। अहिले पनि उनको प्रसिद्धि उत्तिक्कै छ।

‘अल्छेहरु बाहेक सबै मानिस राम्रा हुन’ भन्ने मान्यताका पक्षपोषक भोल्तेयर संसारमा मुस्किलैले आए। उनको जन्मपछि उनकी आमाले संसार छाडिन। जन्मदै मातृविहीन भएका उनका बाबु वकिल थिए। आफ्नो छोराको साहित्यप्रति झुकाव देखेर निरास हुँदै भन्थे, ‘साहित्य त्यो मानिसको पेशा हो, जो घरमा बोझ र समाजमा बेकामे हुन्छ, हुन चाहन्छ अनि जो भोकै मर्न खोज्छ।’

घरको साहित्यप्रति यस्तो दरिद्रपूर्ण विचार हुँदाहुँदै पनि भोल्तेयर एक सफल कविका रुपमा चिनिए। पहिला सम्पन्न भए पनि पछि भोल्तेयर पाहुनाको ओइरोले गर्दा आर्थिक भारमा पर्न थालेको गुनासो गर्थे। उनी भन्थे, समस्त युरोपका लागि म होटलवाला भइसकें।

स्ट्राडफोर्डमा जन्मिएका शेक्सपियरका बाबु अनपढ र गरिब थिए। उनी खेत जोत्थे, भेडाको ऊन कात्थे र बेच्थे। शेक्सपियर स्कुल जान्थें तर पढाई छोडेर घरको काम गर्न थाले। भेडा चराउने, गाई दुहुने, मही पार्ने जस्ता काम गर्थे। पछि उनले मासु काट्ने काम पनि सिके। एकताका एक नम्बरको बदमासका रुपमा चिनिएर गाउँघरलाई धुरुक्क रुवाउने शेक्सपियर पछि महान नाटककार होलान भन्ने कसैले सोचेकै थिएनन। अभावका कारण एक जमिन्दारकाको मृग चोरेर सुइँकुच्चा ठोक्ने शेक्सपियर आफ्नो मेहनत, लगन र परिश्रमका कारण सर्वश्रेष्ठ नाटककार भए।

स्ट्राडफोर्डमा जन्मिएका शेक्सपियरका बाबु अनपढ र गरिब थिए। उनी खेत जोत्थे, भेडाको ऊन कात्थे र बेच्थे। शेक्सपियर स्कुल जान्थें तर पढाई छोडेर घरको काम गर्न थाले। भेडा चराउने, गाई दुहुने, मही पार्ने जस्ता काम गर्थे। पछि उनले मासु काट्ने काम पनि सिके।

अभावले छटपटीमा परे पनि व्यक्तिगत स्वार्थबाट माथि उठेर देश र समाजका लागि मरिमेट्ने प्रशस्त व्यक्तिहरु छन्। यस्तै महान व्यक्तिको जीवनबाट प्रभावित भएर आफू सभ्रान्त परिवारमा जन्मिएका बालकृष्ण सम भन्छन, ‘दुखीको घरमा तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुख दे।’ उनको भनाइमा ठूलो रहस्य लुकेको छ। अभावमा लेखिएका शब्दले लेखक साहित्यकारको साख उठेको यी प्रसंगबाट स्पष्ट हुन्छ। मानिस जस्तो ठाउँमा भए पनि, जस्तो अभावमा रहे पनि उसमा लगन र परिश्रम छ भने आफ्नो व्यक्तित्व उठाउन सक्छ, कमलको फूलजस्तै।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ९ : ०० बजे

कटहरियामा ५२ करोड बढीको बजेट प्रस्तुत, कृषि क्षेत्रलाई विशेष प्राथमिकता

रौतहट– रौतहटको कटहरिया नगरपालिकाको १० औं नगरसभाको उदघाटनसत्र सम्पन्न भएको

आजका समाचार : कर्मचारीको आन्दोलनले संसद् बैठक स्थगित, प्योङयाङमा किम–पुटिन मोर्चाबन्दी 

राष्ट्रपति पौडेल स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको

६० किलो सुन तस्करी प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो  (सीआईबी)  को टोलीले ६० किलो सुन

‘विमल गुरुङ कविता महोत्सव’मा कविता पठाउन आह्वान

सुनसरी– धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय सञ्‍चालक समिति बैठकले

पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

पोखरा- अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाउन भारतीय राजदूतावासले