प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल « Khabarhub

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल


५ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएको छ।

बिहीबार प्रतिनिधिसभामा भएको सत्तापक्ष र विपक्षको धकेलाधेकलले तिक्ततापूर्ण बनेको राजनीतिक माहोललाई सहज बनाउँदै मध्यमार्गी विकल्पमार्फत सहमति खोज्न प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफललाई निरन्तरता दिएका थिए ।

प्रधानमन्त्रीले हिजो पनि संसद भवनस्थित आफ्नो चेम्बरमा कांग्रेस प्रमुख सचेत लेखक, कार्यव्यवस्था परामर्श समिति सदस्य रामहरि खतिवडालगायत नेताहरुसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ९ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको