सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु « Khabarhub

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्घाटन गरे ।

कोशी प्रदेशका अधिकांश पत्रकारहरुको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झा, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम ,नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलगायत महासंघका १४ वटा जिल्ला अध्यक्ष तथा प्रतिनिधि सहभागी छन् ।

सम्मेलनमा सङ्घीयतामा सञ्चार नीति, नियत र नियति, ‘डिजिटल’ पत्रकारिता अवसर र चुनौती , पत्रकारिता र विज्ञापनका विषयमा सघन छलफल हुने नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ११ : ५६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५