कैलालीमा गहुँ उत्पादन वृद्धि « Khabarhub

कैलालीमा गहुँ उत्पादन वृद्धि


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो ।

दाना लाग्ने बेला पानी परेकाले गहुँ उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताए ।

गत वर्ष जिल्लाभर ३४ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख तीन हजार चार सय ७१ मेट्रिकटन उत्पादन भएको थियो ।

यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार तीन सय १२ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारी जोशीले बताए ।

उनले गत वर्षको तुलनामा एक हजार सात सय २५ हेक्टर कम क्षेत्रफलमा गहुँखेती गरिए पनि दाना लाग्ने बेलामा पानी परेकाले गहुँ उत्पादनमा वृद्धि भएको जानकारी दिए । यसैगरी यो वर्ष नौ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा १० हजार चार सय ९१ मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा आठ हजार सात सय ७० मेट्रिकटन दलहन बाली उत्पादन भएको थियो । यस वर्ष दलहनबाली एक हजार सात सय २१ मेट्रिकटनले वृद्धि भएको हो ।

यो वर्ष १४ हजार ६० हेक्टरमा तेलहनबाली लगाइएकामा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा १३ हजार सात सय ९७ मेट्रिकटन तेलहनबाली उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

त्यस्तै ५४ हजार ८२ हेक्टर क्षेत्रफलमा यस वर्ष हिउँदे तरकारीखेती गरिएकोमा ६९ हजार एक सय ३६ मेट्रिकटन उत्पादन भएको जनाइएको छ ।

गत वर्ष ५५ हजार एक हेक्टर क्षेत्रफलमा ६९ हजार एक सय छ मेट्रिकटन हिउँदे तरकारी उत्पादन भएको थियो ।

यस वर्ष जिल्लामा मसलाबाली उत्पादनमा समेत वृद्धि भएको छ । यो वर्ष १६ हजार छ सय ६७ हेक्टरमा मसला खेती गरिएकामा १९ हजार १७ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १६ हजार २७ हेक्टरमा १८ हजार छ सय ८२ मेट्रिकटन मसला बाली उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा फलफूल बाली र नगदेबाली उत्पादनमा केही ह्रास आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष तीन सय २६ हेक्टर क्षेत्रफलमा दुई हजार नौ सय ५३ मेट्रिकटन फलफूल उत्पादन भएको छ ।

गत वर्ष तीन सय २६ हेक्टरमा तीन हजार २० मेट्रिकटन फलफूल उत्पादन भएको थियो ।

दुई हजार नौ सय ९२ हेक्टरमा छ हजार १४ मेट्रिकटन अन्य नगदेबाली उत्पादन भएको छ । गत वर्ष दुई हजार नौ सय १० हेक्टरमा छ हजार ३२ मेट्रिकटन नगदेबाली उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष कैलालीमा जम्मा ५९ हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा हिउँदे खेती गरिएकामा तीन लाख छ हजार आठ सय १९ मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष ६० हजार सात सय ९६ हेक्टर क्षेत्रफलमा दुई लाख ९१ हजार ५२ मेट्रिकटन उत्पादन भएको तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग छ ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १२ : ०३ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई