वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो : प्रधानमन्त्री सचिवालय  « Khabarhub

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो : प्रधानमन्त्री सचिवालय 


५ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवरुद्ध संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गरेको वार्ता सकारात्मक भएको बताइएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरूले छलफल गरेका थिए । 

प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘अवरुद्ध संसद् खुलाउने विषयमा शुक्रबार भएका दुई तीन वटा ड्राफ्टका विषयमा पनि कुरा भयो । छलफल सकारात्कमक छ ।’ 

सचिवालयका अनुसार प्रधानमन्त्रीले अहिले सत्ता गठबन्धनको बैठक राखेर पुन: कांग्रेस नेताहरूसँग पनि छलफल गर्ने छन् । 

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले निरन्तर सदन अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको