आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल


५ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रम अघि सार्नुपर्ने बताएका छन् । 

एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको चौथो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता खनालले आजको समाजको ठोस वस्तुगत अवस्था भनेको पुँजीवादी समाज भएको समेत बताए । 

उनले भने, ‘हाम्रो क्रान्तिको वर्तमान स्वरूप समाजवादी क्रान्ति र रूपान्तरण हो। कुनै पनि समाजमा क्रान्तिको स्वरूप हाम्रो इच्छाले चाहनाले निर्धारण गर्दैन । त्यो समाजको वस्तुगत अवस्थाले मात्र निर्धारण गर्दछ । आजको समाजको ठोस वस्तुगत अवस्था भनेको पुँजीवादी समाज हो । स्वाभाविक रूपले यो पुँजीवादी सामाजिक आर्थिक ढाँचालाई परिवर्तन गर्ने एक मात्र क्रान्ति समाजवादी क्रान्ति हो ।’

अझै पनि कतिपय वामपन्थी साथीहरू अहिले नै समाजवादी कार्यक्रम अघि सार्नु र जनताको बहुदलीय जनवादलाई नै लक्ष्य बनाउनुपर्नेमा उनको जोड छ ।’ 

उनले अगाडि भने, ‘हिजो हाम्रो क्रान्ति र प्रगतिको मुख्य बाधक नै निरङ्कुश राजतन्त्र र सामन्तवाद थियो, अहिले दलाल पुँजीवाद नेपाली जनताको अग्र गति र प्रगतिको मुख्य बाधक बनेको अवस्था छ । हामीले बिल्कुल नयाँ धरातल, नयाँ औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रम अघि सार्नुपर्छ । त्यो नेपाली क्रान्तिको इतिहासमा बिल्कुल नयाँ र ऐतिहासिक कार्यक्रम हुनेछ ।’

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १ : ४३ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल