आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रम अघि सार्नुपर्ने बताएका छन् । 

एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको चौथो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता खनालले आजको समाजको ठोस वस्तुगत अवस्था भनेको पुँजीवादी समाज भएको समेत बताए । 

उनले भने, ‘हाम्रो क्रान्तिको वर्तमान स्वरूप समाजवादी क्रान्ति र रूपान्तरण हो। कुनै पनि समाजमा क्रान्तिको स्वरूप हाम्रो इच्छाले चाहनाले निर्धारण गर्दैन । त्यो समाजको वस्तुगत अवस्थाले मात्र निर्धारण गर्दछ । आजको समाजको ठोस वस्तुगत अवस्था भनेको पुँजीवादी समाज हो । स्वाभाविक रूपले यो पुँजीवादी सामाजिक आर्थिक ढाँचालाई परिवर्तन गर्ने एक मात्र क्रान्ति समाजवादी क्रान्ति हो ।’

अझै पनि कतिपय वामपन्थी साथीहरू अहिले नै समाजवादी कार्यक्रम अघि सार्नु र जनताको बहुदलीय जनवादलाई नै लक्ष्य बनाउनुपर्नेमा उनको जोड छ ।’ 

उनले अगाडि भने, ‘हिजो हाम्रो क्रान्ति र प्रगतिको मुख्य बाधक नै निरङ्कुश राजतन्त्र र सामन्तवाद थियो, अहिले दलाल पुँजीवाद नेपाली जनताको अग्र गति र प्रगतिको मुख्य बाधक बनेको अवस्था छ । हामीले बिल्कुल नयाँ धरातल, नयाँ औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रम अघि सार्नुपर्छ । त्यो नेपाली क्रान्तिको इतिहासमा बिल्कुल नयाँ र ऐतिहासिक कार्यक्रम हुनेछ ।’

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १ : ४३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण