सदन खुलाउन प्रधानमन्त्री, सभामुख र ओलीबीच छलफल सुरु  « Khabarhub

सदन खुलाउन प्रधानमन्त्री, सभामुख र ओलीबीच छलफल सुरु 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ​​​​​​​प्रतिनिधि सभाका  सभामुख देबराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ । 

शनिबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयुक्त छलफल सुरु भएको  सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। 

छलफलका लागि प्रधानमन्त्री शनिबार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गरेर लगत्तै फर्किएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले बिहान कांग्रेस नेताहरूसँग छलफल गरेर समिति बनाउने विषयमा सकारात्मक देखिएका थिए । 

कांग्रेस प्रमुख सचेतक लेखकका अनुसार उनले सत्ता दल र सभामुखसँग छलफल गरेर निर्णय लिने बताएका छन् । तर एमाले अध्यक्ष ओली कांग्रेसको अडानमा सकारात्मक नभएको देखिन्छ । 

कांग्रेसले गृहमन्त्रीलाई सदनमा बोल्न दिएको छैन । तर अन्य प्रतिपक्ष दलहरूले भने एक पटक बोल्न दिएर समिति बनाउने बताइरहेका छन् । 

कांग्रेसले भने बोल्न दिएर मात्र समितिको मापदण्ड तयार गर्ने कुरामा सहमति जनाएको छैन । पहिले नै समिति बनाउन लिखित हस्ताक्षर भएपछि मात्र गृहमन्त्रीलाई बोल्न दिने कांग्रेसको अडान छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार पहिला एमाले र सभामुखसँग छलफल गर्ने र वार्ता निष्कर्मा नपुगे अन्य सत्ता दललाई पनि बोलाइने छ । 

सचिवालयले भन्यो,  ‘कांग्रेसलाई सो बैठकमा राख्ने नराख्ने विकसित घटनाले देखाउँछ ।’

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  २ : ४१ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट