सनपाट धुने पोखरी (२० तस्बिर) « Khabarhub

सनपाट धुने पोखरी (२० तस्बिर)



विराटनगर – एउटा जमाना यस्तो थियो; झापा, मोरङ र सुनसरीका हरेक किसानको खेतमा अनिवार्य एउटा पोखरी खनिएको हुन्थ्यो । हरेक परिवारले नगदे बालीका रूपमा जुट (सनपाट) खेती गर्थे र पोखरीमा जुट थुने गर्दथे ।

जुटका डाँठ एकाध हप्ता पोखरीमा डुबाएर गलाएपछि मुङ्ग्रोले कुटेर जुट बनाइन्थ्यो, अनि बेचिन्थ्यो । विराटनगरका जुट मिलहरूले तीन जिल्लाका किसानका घर–घरमा उत्पादित जुट किन्ने गर्दथे । किसानको घरखर्च टार्न जुटखेती राम्रो माध्यम बनेको थियो ।

किसानको खेतमा रहेका निजी पोखरीहरू मात्र होइन, सार्वजनिक खोलानाला र पोखरी तलाउ पनि बैशाख–जेठतिर सनपाटका डाँठले भरिएका हुन्थे ।

जुट धोइसकेपछि निस्कने सन्ठी फुसको घरमा बेरा लगाउन, तरकारी बारीमा बार लगाउन र आगो बाल्नसमेत प्रयोगमा आउँथ्यो । अहिलेको पुस्ताले ‘सन्ठी’ के हो भन्ने नै बिर्सिसकेको छ ।

पछिल्लो समय किसानहरूले जुट खेती गर्न छाडेपछि सुनसरी, मोरङ र झापा जिल्लामा रहेका हजारौं पोखरी, तलाउ र दहहरू मासिन थालेका छन् । किसानहरूले जुट मासेर अन्य खेती गर्न थालेका छन् । जुट खेती बन्द हुन थालेपछि जुट धुलाइमा प्रयोग हुँदै आएका पोखरी, तलाउ र दह पनि मासिन थालेका हुन्

जुटले भाउ नपाउने, काम गर्न मजदुर अभाव हुने, उत्पादन खर्चिलो र कम आम्दानी हुने समस्या देखाउँदै मोरङ, सुनसरी र झापा जिल्लाका किसानले विकल्प रोज्न थालेका हुन् । जुट खेतीका लागि उर्बर भूमि भनेर चिनिएका जिल्लाबाटै जुट खेती क्रमशः हराउँदै गएको छ ।

कोशी प्रदेश कृषि निर्देशनालयका अनुसार मोरङ, सुनसरी र झापा जिल्लामा डेढ दशकअघि ६० हजार हेक्टरमा जुट खेती हुने गर्दथ्यो । अहिले जम्मा ६ हजार हेक्टरमा मात्र जुट खेती हुन्छ ।

जुट खेतीबाट किसानहरू पलायन हुने क्रमसँगै तीन जिल्लामा रहेका पोखरी पनि मासिँदै गएका हुन् । जुट प्रशोधनका लागि पानीमा डुबाएर राख्न ती पोखरी प्रयोगमा ल्याउने गरिएको थियो । ती पोखरी मासिएपछि भूमिगत पानी भण्डारण प्रकृया र जलचर जीवहरू पनि मासिएका छन् ।

मोरङ, सुनसरी र झापा जिल्लामा ०४३/४४ सालबाट जुट खेती सुरु गरिएको सरकारी तथ्यांक छ ।

विगतका वर्षमा मोरङ, सुनसरी र झापामा उत्पादन भएको जुट भारतका साथै बंगलादेशसम्म निर्यात गरिन्थ्यो, तर अहिले ठीक उल्टो छ । अहिले विराटनगरका अधिकांश जुट मिलका लागि आवश्यक कच्चा जुट भारत र बंगलादेशबाट आयात हुन्छ ।

मोरङ जिल्लामा रहेका ११ जुट उद्योगमध्ये कच्चा पदार्थ अभावमा ६ वटा बन्द भएका छन् । अन्य जिल्लामा सञ्चालनमा रहेका उद्योग पनि संकटग्रस्त छन् ।

वातावरणीय दृष्टिकोणले उत्तम मानिने कृषि उपज नगदेबाली जुटको खपत नेपालमै कम छ । जुटका सामग्री उत्पादन गर्ने उद्योगले ९५ प्रतिशत उत्पादन भारततर्फ निकासी गर्ने गरेका छन्‌ ।

       

         

     

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ३ : ५८ बजे

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन