वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा  « Khabarhub

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीहरू ठगिनु नहुने बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । 

उनले भने, ‘नेपालमा वैदेशिक रोजगार महत्त्वपूर्ण कुरा हो। एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन्। एउटा कुरा सुनेँ मैले, त्यहाँ ठगिएका कुराहरू, दुःख पाएका कुराहरू मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ। साथसाथै जो रेमिटेन्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको रेमिटेन्स मात्रै होइन ।’ 

उनले सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनलाई दुःख पाएका नेपालीहरूको उद्धार पनि गर्नुपर्ने बताए । 

अरू पनि धेरै नेपाललाई फाइदा हुन्छ,’ उनले भने, ‘त्यसका लागि यो अब यसलाई एकातिर रेमिटेन्स आवश्यक छ, अर्कोतिर व्यापारीहरू रोजगारीमा गएका साथीहरू ठगिनु भएन। दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन्। यो वैदेशिक रोजगार एसोसिएसनले लिड रोल लिनुपर्छ।’

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनलाई दुःख पाएका नेपालीहरूले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ३ : ५९ बजे

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार