एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि « Khabarhub

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को उपाधि जितेको छ ।  एपीएफले शनिबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिङ गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो । कविता जोशी १९औ ओभरमा ३ छक्का सहित २३ रन बनाएकी थिइन् । तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले  जित हासिल गर्न सकेन ।

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । 

योसँगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ४ : ५९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।