बालुवाटारको छलफलमा कांग्रेस सभापतिसहित नेताहरु पुगे  « Khabarhub

बालुवाटारको छलफलमा कांग्रेस सभापतिसहित नेताहरु पुगे 


५ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका  सभामुख देवराज घिमिरे र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।  

सो छलफलमा कांग्रेस नेताहरूलाई पनि बोलाइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । 

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णप्रसाद सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक  रमेश लेखक पनि पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

अहिले कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल भइरहेको छ । आजको बैठक संसद्को अवरोध हटाउनका लागि निर्णयक बैठक हुनसक्ने बताइएको छ । 

प्रधानमन्त्रीले पनि भोलिसम्ममा संसद्को अवरोध हटाउन सहमति जुट्ने बताइरहेका छन् । 

सुरुमा प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष ओलीले छलफल गरेका  थिए । त्यसपछि गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेलाई बोलाइएको थियो । अहिले पुनः प्याकेजमा सहमति जुटाउँन कांग्रेसलाई बोलाइएको बताइएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ५ : ३१ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका