प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई   « Khabarhub

प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई  


५ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दोलखा– बिहीबार देखि शुरु भएको प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको  पहिलो उपाधि जिल्लाको कालिञ्चोक गाउँपालिकाले हात पारेको छ।

शनिबार देउराली खेलमैदान मैनापोखरी भएको तामाकोसी गाउँपालिका र कालिञ्चोक गाउँपालिका बीचको खेलमा सोझो सेटमा तामाकोशीलाई हराउँदै कालिञ्चोकले प्रथम पुरस्कार नगद एक लाख पचास हजार सहित शिल्ड उचाल्न सफल भएको हो।

खेलमा तामाकोशी गाउँपालिका प्रतियोगितामा उपविजेता बन्दै नगद एक लाख सहित दोस्रो शिल्ड हातपार्न सफल भएको छ। त्यसैगरी प्रतियोगितामा जिरी नगरपालिकाले टिम गौरीशंकरलाई हराउँदै तेस्रो तथा अन्तिम पुरस्कार नगद पचास हजार सहित शिल्ड जित्न सफल भएको थियो। 

स्वर्गीय नेता पशुपति चौलागाइँको सम्झनामा पशुपति चौलागाईं फाउन्डेसन दोलखाले आयोजना गरेको अन्तर्पालिका खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्लाका १० वटा टिमको सहभागिता रहेको खेल संयोजक रविन दाहालले जानकारी दिए। 

बिहीबार एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले उद्घाटन गरेको उक्त प्रतियोगिताको समापन बागमती प्रदेशका पूर्व मन्त्री विशाल खड्काले गरेका थिए।समापन कार्यक्रम पशुपति फाउन्डेसनका उपाध्यक्ष हेमन्त चौलागाइँको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ६ : ४५ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको