प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई   « Khabarhub

प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई  


५ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दोलखा– बिहीबार देखि शुरु भएको प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको  पहिलो उपाधि जिल्लाको कालिञ्चोक गाउँपालिकाले हात पारेको छ।

शनिबार देउराली खेलमैदान मैनापोखरी भएको तामाकोसी गाउँपालिका र कालिञ्चोक गाउँपालिका बीचको खेलमा सोझो सेटमा तामाकोशीलाई हराउँदै कालिञ्चोकले प्रथम पुरस्कार नगद एक लाख पचास हजार सहित शिल्ड उचाल्न सफल भएको हो।

खेलमा तामाकोशी गाउँपालिका प्रतियोगितामा उपविजेता बन्दै नगद एक लाख सहित दोस्रो शिल्ड हातपार्न सफल भएको छ। त्यसैगरी प्रतियोगितामा जिरी नगरपालिकाले टिम गौरीशंकरलाई हराउँदै तेस्रो तथा अन्तिम पुरस्कार नगद पचास हजार सहित शिल्ड जित्न सफल भएको थियो। 

स्वर्गीय नेता पशुपति चौलागाइँको सम्झनामा पशुपति चौलागाईं फाउन्डेसन दोलखाले आयोजना गरेको अन्तर्पालिका खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्लाका १० वटा टिमको सहभागिता रहेको खेल संयोजक रविन दाहालले जानकारी दिए। 

बिहीबार एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले उद्घाटन गरेको उक्त प्रतियोगिताको समापन बागमती प्रदेशका पूर्व मन्त्री विशाल खड्काले गरेका थिए।समापन कार्यक्रम पशुपति फाउन्डेसनका उपाध्यक्ष हेमन्त चौलागाइँको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ६ : ४५ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार