चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ « Khabarhub

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी घटनामा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ गौसरा घर भई हाल ललितपुर महानगरपालिका–१५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापामगर, सोही ठाउँका ३५ वर्षीय धनलाल थापामगर, सन्धुपाल्चोक घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २८ वर्षीय सुवास सुनार रहेका छन् ।

यस्तै कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीका ४१ वर्षीय रमेश विक, काठमाडौँ टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय योगेश डाँगी तथा सप्तरी सुरुङ्गा नगरपालिका–२ बस्ने २२ वर्षीय मोहम्मद समीरलाई पनि पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

गत वैशाख ७ देखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुन–चाँदीका गरगहना तथा आइफोनलगायतका धनमाल चोरी भएको थियो ।

पक्राउ परेकाहरुलाई बरामद गरिएको सामानसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ९ : ४९ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको