चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ « Khabarhub

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ


५ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी घटनामा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ गौसरा घर भई हाल ललितपुर महानगरपालिका–१५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापामगर, सोही ठाउँका ३५ वर्षीय धनलाल थापामगर, सन्धुपाल्चोक घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २८ वर्षीय सुवास सुनार रहेका छन् ।

यस्तै कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीका ४१ वर्षीय रमेश विक, काठमाडौँ टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय योगेश डाँगी तथा सप्तरी सुरुङ्गा नगरपालिका–२ बस्ने २२ वर्षीय मोहम्मद समीरलाई पनि पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

गत वैशाख ७ देखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुन–चाँदीका गरगहना तथा आइफोनलगायतका धनमाल चोरी भएको थियो ।

पक्राउ परेकाहरुलाई बरामद गरिएको सामानसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ९ : ४९ बजे

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी