दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी « Khabarhub

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको अभाव कम गर्नका लागि १० किलोमिटर टाढाबाट खानेपानी ल्याइएको छ ।

सदरमुकामवासीलाई खानेपानीको पहुँचमा पुर्याउन नगरपालिकाकै अग्लो चुली पहाडको पानी सदुरमुकाम मान्म बजारमा ल्याइएको हो ।

विसं २०७८ बाट निर्माण सुरू गरिएको चुलीमालिका बृहत् खानेपानी आयोजनाको पानी सदरमुकाम मान्ममा झारिएको निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सन प्रालिका मानबहादुर थापाले बताए ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु २८ करोडमा बोलपत्र आह्वान गरेकामा रु १३ करोड ७१ लाख २९ हजारमा आयोजना निर्माण गरिएको उनले बताए । “आयोजनाको मुख्य पाइप लाइनको लम्बाइ साढे १० किलोमिटर रहेको छ”, उनले भने, “खानेपानीको चरम अभाव रहेको सदरमुकाम मान्म बजारमा पानी पुगे पनि घरघरमा पुर्याउन अझै केही समय लाग्नेछ ।”

चुलीमालिका बृहत खानेपानी आयोजना निर्माण भएमा खाँडाचक्र नगरपालिका–१ बाट चारसम्मका एक हजार तीन सय घरमा ‘एक घर एक घारा’को लक्ष्य राखेको नगरपालिकाका पूर्वप्रमुख जसीप्रसाद पाण्डेले बताए ।

सदरमुकाम मान्म बजारमा एक लाख २५ हजार लिटरका दुईवटा, ५० हजार लिटरका दुई, ४० हजार लिटरको एक र २५ हजार लिटरको एक गरी जम्मा छवटा ट्याङ्की रहेका र ती सबैमा पानी झारिने प्रालिका साइट सुपरभाइजर थापाले बताए ।

जहिले पनि खानेपानीको अभाव रहने मान्ममा चुलीमालिका बृहत् खानेपानी आयोजना नियमित रूपमा सञ्चालन भए यहाँका नागरिकलाई धेरै राहत हुने विश्वास लिइएको खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए । “अब सदरमुकाममा खानेपानीको अभाव झेल्नुपर्ने अवस्था छैन”, उनले भने “केही समय लाग्ला सबैले खानेपानीको सुबिधा पाउनु हुनेछ ।”

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १० : ४१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको