ठमेलमा खाना तथा हस्तकला मेला « Khabarhub

ठमेलमा खाना तथा हस्तकला मेला


५ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा हस्तकला मेला सुरू भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं २६ स्थित सञ्चयकोष अगाडि सडकमा खाना तथा हस्तकला मेला सुरू भएको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गरिएको बताउनुभयो । बिहान १० बजेदेखि सुरु भएको मेला राति १० बजेसम्म सञ्चालन हुनेछ । मेलामा विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी स्टल राखिएका छन् ।

मेलामा नेपाली हस्तकलाका सामग्री, नेचुरल फाइवरबाट बनेका सामग्री, गार्मेन्ट, कटन, शिल्क, पश्मिनाका कपडा तथा सल, ज्वेलरी, खाना, पेय पदार्थलगायत राखिएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव ९विमल० धमलाले मेलाबाट नेपाली संस्कृतिको जीवन्त संसार अन्वेषण गर्न सकिने बताए ।

उनले मेलामा ठमेलभित्रका हस्तकला व्यवसायी र होटल तथा रेष्टुरेन्टले स्टल राखेका छन् । मेलाका अवसरमा बृहत् सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ ।

पछिल्लो समय सुरक्षा निकायसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गरेको छ । । जसकारण ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक गतिविधिसमेत चलायमान हुँदै गएको धमलाको भनाइ छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १० : ५५ बजे

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत