विश्वकप ‘सुपर ८’मा रोचक भिडन्त : सेमिफाइनल पुग्ने कसको सम्भावना कति बलियो ? | Khabarhub Khabarhub

विश्वकप ‘सुपर ८’मा रोचक भिडन्त : सेमिफाइनल पुग्ने कसको सम्भावना कति बलियो ?

कसरी खेलाइन्छ विश्वकप ‘सुपर ८’ का खेल ?


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

कुनै पनि ठुला प्रतियोगिताको खेल तालिकाको मूल मर्म नै उत्कृष्ट टोली अघिल्लो चरणमा प्रवेशका लागि बाटो खुला गर्ने हो। यसैको आधारमा रहेर २० टोलीको बिचमा पहिलो चरण र ‘सुपर ८’को समूह विभाजन गर्दै टी-२० विश्वकप क्रिकेट २०२४ को सुरुआत भएको हो।

‘सुपर ८’ मा खेल्ने आठ टोलीको टुङ्गो यसअघि नै लागिसकेको छ। यी आठ टोली मध्ये समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बङ्गलादेश छन्। समूह २ मा दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज र इङ्गल्यान्ड छन्। दुई समूहमा विभाजन गरिएका यी आठ टोली मध्ये दुवै समूहबाट शीर्ष तीन टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।

पहिलो चरणमा समूह विभाजनमा वरियतामा रहेका शीर्ष चार मध्येको श्रीलङ्का र न्युजिल्यान्ड सुपर एटमा नै प्रवेश गर्न असफल रहे। प्रतियोगिता पूर्व नै उनीहरूका लागि छुट्टाइएको सुपर एटकै स्थानमा बङ्गलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्ने छन्। वरियता आठ भित्रको पाकिस्तान बाहिरिएपछि त्यो ठाउँ अमेरिकाले लिएको छ।

समूह १ मा रहेका टोलीका भारत र अस्ट्रेलियाले सबै खेलमा सानदार प्रदर्शन गरेका छन्। पाकिस्तानसँगको खेलमा भारतीय ब्याट्सम्यान असफल भए पनि बलरले सो खेल जिताएका थिए।

भारतीय टोलीको बलिङ संरचना यो प्रतियोगिताको मुख्य आधार हो। परम्परागत रूपमा राम्रो स्पिनर भएको भारतले जसप्रित बुमराहको रूपमा जस्तो सुकै अप्ठेरोमा पनि खेल जिताउन सक्ने बलर पाएको छ। भारतले अफगानिस्तानसँग किङ्सटनको अ‍ोभलमा पहिलो खेल खेल्ने छ। सर भिभियन रिचर्डसन रङ्गशालामा बङ्गलादेश तथा डारेन सामी क्रिकेट मैदानमा अस्ट्रेलियासँग तेस्रो खेल खेल्ने छ।

प्रतियोगितामा स्वाभाविक रूपमा बलियो मानिएका दुई टोली तथा अप्रत्याशित प्रदर्शनसहित ‘सुपर ८’ मा प्रवेश गरेका दुई टोली समूह १ मा छन्। यस प्रतियोगिताको सबै भन्दा सनसनी पूर्ण टोली भने अफगानिस्तान हो। वरियतामा नरहे पनि अफगानिस्तान उपाधि जित्न नै पनि सक्षम टोलीको रूपमा धेरैले स्वीकार गरिरहेका छन्।

एन्टी गुआमा दक्षिण अफ्रिकाले ‘सुपर ८’को पहिलो खेल अमेरिकासँग खेल्नेछ। १९ जुनमा उक्त प्रतिस्पर्धा हुनेछ। त्यो दिन वेस्ट इन्डिज र इङ्गल्यान्डको बिचमा खेल हुनेछ। भारतले सेन्ट लुसियामा खेल्ने छ। प्रतियोगितामा क्यारेबीयन भूमिमा भारतको त्यो पहिलो खेल हुनेछ।

गत एक दिवसीय विश्वकपमा अस्ट्रेलियासँग जीतको नजिक पुगेर पनि हारेको अफगानिस्तानले अस्ट्रेलियासँगको अर्को एउटा भेट महत्त्वपूर्ण हुनसक्ने छ। रसिद खान नेतृत्वको बलिङ आक्रमणमा फजाल हक फारिक्युको प्रदर्शन अझ शानदार छ।


२३ जुनका दिन दक्षिण अफ्रिकाले वेस्ट इन्डिजको सामना गर्ने छ। इतिहास हेर्ने हो भने वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिका हाबी भएको छ। तर पछिल्लो टी–२० शृङ्खलामा भने वेस्ट इन्डिजले क्लीन स्विप गरेको थियो। २५ जुनमा सेन्ट लुसियामा हुने खेल भने विशेष हुने छ। त्यसै दिन भारतले अस्ट्रेलियाको सामना गर्नेछ।

पहिलो चरणको खेलमा अफगानिस्तानका फजाल हक फरिक्युलाई धेरै सफल खेलाडीको रूपमा हेरिएको छ। युगान्डासँगको पहिलो खेलमा छाएका उनले आफ्नो टोलीलाई न्युजिल्यान्डसँगको खेलमा जीत दिलाउन पनि त्यत्तिकै उत्कृष्ट प्रदर्शन गरेका थिए। सोही प्रदर्शन नै न्युजिल्यान्ड पहिलो चरणबाट बाहिरिनुको मुख्य कारण बनेको थियो।

नामिबियासँगको खेलमा ३ विकेट लिएर सात रन दिएका ओमानका मेरान खानले त्यस पछिका खेलमा पनि त्यत्तिकै उत्कृष्ट प्रदर्शन गरेका छन्। मार्कोस स्टोनिसको अल राउन्ड प्रदर्शन यस प्रतियोगिताको अर्को आकर्षण बनेको छ।

नेपालसँग जीत दिलाउने क्रममा १८ रन खर्चे ३ विकेट लिएका नेदरल्यान्ड्सका लोगान भान विक दक्षिण अफ्रिकासँग पनि २१ रन दिएर २ विकेट लिएका थिए। अफगानिस्तानका प्रारम्भिक ब्याट्सम्यान रमानुल्लाह गुरबराजले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

बलर हाबी भएको खेलमा फारुक्युले ३ दशमलव ७ को इकोनोमीमा ११ दशमलव २ ओभरमा १२ विकेट लिएका छन्। दक्षिण अफ्रिकाका एन्चरीच नोर्तज, बङ्गलादेशका तान्जीन हसन र अस्ट्रेलियाका एडम जाम्पाले ९ विकेट लिएका छन्।

ब्याट्सम्यानमा गुरबाजले १६७ रन प्रहार गरी सकेका छन्। स्टोनिसले १५६ तथा अस्ट्रेलियाका ट्रेभिस हेडले १४८ रन प्रहार गरेका छन्।

यस संस्करणमा ब्याट्सम्यान यत्ति धेरै निरीह साबित भएकी विगतको तुलनामा धेरै रन प्रहार हुने सम्भावना नै कम देखिएको छ।

टी-२० विश्वकपको पहिलो संस्करणमा अस्ट्रेलियाका म्याथ्यु हेडनले ६ पारीमा सबै भन्दा धेरै २६५ रन प्रहार गरेका थिए। विराट कोहलीले सन् २०१४ मा ३१९ तथा तथा २०२२ मा २९६ रन प्रहार गरेका थिए।

यस पटक धेरै रन प्रहार गर्ने ब्याट्सम्यानको होडमा गुरबाजलाई पछ्याएका स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र जर्ज मुन्सीको टोली बाहिरिएको छ। स्टोनिस पनि मध्य क्रममा ब्याट्सम्यान भएका कारण धेरै खेलमा उनी नै छाउने सम्भावना कम छ। यो तथ्याङ्कले पनि गुरबाज प्रतियोगितामा सबै भन्दा धरै रन प्रहार गर्ने खेलाडी हुनसक्ने सम्भावना प्रबल छ।

क्रिकेट अनिश्चितताको खेल हो। यो टी-२० विश्वकप सुरु हुनु अघि अमेरिका सुपर एटमा प्रवेश गर्ने सम्भावना कमैले आँकेको हो।

पहिलो चरणको खेल सकिँदा गुरवाज उच्च रन स्कोर हुने सम्भावना पनि कमैले देखेको हो। १२० रन भन्दा कम योगफलमा सीमित भएर पनि खेल जित्न धेरै टोली सफल भए। दक्षिण अफ्रिकाले बङ्गलादेश र नेपालसँगको खेलमा कम योगफललाई पनि जोगाएर खेल जितेको छ । यसैगरी नेदरल्यान्ड्ससँगको खेलमा पनि अत्यन्त कम योगफलमा सङ्घर्ष गरेर जितेको थियो।

विगतमा दबाब सहन नसक्ने दक्षिण अफ्रिकाले यस पटकको दबाबको बिचमा धेरै खेल जित्यो। ‘सुपर ८’ बाट अनुमान गरे भन्दा धेरै घटना हुन सक्छन्। जसले यस विश्वकप क्रिकेटलाई अझ रोमाञ्चक बनाउन सक्ने छन्। स्रोतः क्रिकइन्पफो, क्रिकबज, स्पोर्ट्स स्टार, ओलम्पिक,

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ७ : १२ बजे

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

काठमाडौं – निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने

विपदमा परी २४ घण्टामा १४ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य

चर्को लोडसेडिङको विरोधमा पाकिस्तानमा प्रदर्शन

एजेन्सी – चर्को लोडसेडिङको विरोधमा पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन भएको

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं – आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप