वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको विशाल चुनौती « Khabarhub

वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको विशाल चुनौती


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपमा वेस्ट इन्डिजले अफगानिस्तानलाई विशाल रनको चुनौती दिएको छ।

समूह ‘सी’को अन्तिम खेलमा टस जितेर अफगानिस्तानले सुरुमा फिल्ड रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै ११८ रन बनाएको हो।

विशाल रन बनाएको वेस्ट इन्डिजका लागि निकोलस पुरन शतक प्रहार गर्न दुई रनले चुके। उनी ५३ बल खेल्दै ९८ रन बनाउँदा अफगानिस्तानका नवीन उल हकबाट रनआउट भए।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले २७ बलमा ४३ रन बनाए। कप्तान रोभम्यान पावेलले १५ बलमा २६ रन बनाउँदा साही होपले १७ बलमा २५ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रन बनाएको हो।

अफगानिस्तानका लागि कप्तान राशिद खान सबैभन्दा महंगो सावित भए। उनले चार ओभर बलिङ गर्दा बिना विकेट ४५ रन दिए। उसका लागि दुई ओभर बलिङ गरेका गुलबदिन नायबले दुई विकेट लिँदा मात्र १४ रन खर्चिए। अजमातुल्लाह उमरजाई र नवीन उल हकले एकएक विकेट हात पारे भने अघिल्ला खेलमा चम्किएका फजलहक फारुकी चल्न सकेनन्। तीन ओभर बलिङ गरेका उनले बिना विकेट ३८ रन दिए।

तीन खेलसम्म अपराजित रहँदै सुपर ८ प्रवेश गरेका दुई टिमको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ।

समान ६ अंक बनाए पनि रनरेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ भने वेस्ट इन्डिज दोस्रो स्थानमा छ। यो खेललाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको छ। वेस्ट इन्डिजर र अफगानिस्तान दुवै टिम अपराजित रहँदै सुपर ८ खेल्न चाहन्छन्।

समूह चरणमा यसअघि भएका खेलमा अफगानिस्तानले युवान्डालाई पहिलो खेलमा १२५, दोस्रो खेलमा न्युजिल्यान्डलाई ८४ र तेस्रो खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै विश्वकपको सुपर ८ पुगेको हो।

वेस्ट इन्डिजले भने पहिलो खेलमा पिएनजीमाथि ५ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा युगान्डाविरुद्ध १३४ रनले विजयी भएको थियो। तेस्रो खेलमा न्युजिल्यान्डलाई १३ रनले हराएको वेस्ट इन्डिज अपराजित रहँदै सुपर ८ खेल्न चाहन्छ।

वेस्ट इन्डिजले दिएको यो विश्वकपकै ठुलो स्कोर सामना अब अफगानिस्तानले गर्दैछ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : ०३ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड