वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको विशाल चुनौती « Khabarhub

वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको विशाल चुनौती


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपमा वेस्ट इन्डिजले अफगानिस्तानलाई विशाल रनको चुनौती दिएको छ।

समूह ‘सी’को अन्तिम खेलमा टस जितेर अफगानिस्तानले सुरुमा फिल्ड रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै ११८ रन बनाएको हो।

विशाल रन बनाएको वेस्ट इन्डिजका लागि निकोलस पुरन शतक प्रहार गर्न दुई रनले चुके। उनी ५३ बल खेल्दै ९८ रन बनाउँदा अफगानिस्तानका नवीन उल हकबाट रनआउट भए।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले २७ बलमा ४३ रन बनाए। कप्तान रोभम्यान पावेलले १५ बलमा २६ रन बनाउँदा साही होपले १७ बलमा २५ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रन बनाएको हो।

अफगानिस्तानका लागि कप्तान राशिद खान सबैभन्दा महंगो सावित भए। उनले चार ओभर बलिङ गर्दा बिना विकेट ४५ रन दिए। उसका लागि दुई ओभर बलिङ गरेका गुलबदिन नायबले दुई विकेट लिँदा मात्र १४ रन खर्चिए। अजमातुल्लाह उमरजाई र नवीन उल हकले एकएक विकेट हात पारे भने अघिल्ला खेलमा चम्किएका फजलहक फारुकी चल्न सकेनन्। तीन ओभर बलिङ गरेका उनले बिना विकेट ३८ रन दिए।

तीन खेलसम्म अपराजित रहँदै सुपर ८ प्रवेश गरेका दुई टिमको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ।

समान ६ अंक बनाए पनि रनरेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ भने वेस्ट इन्डिज दोस्रो स्थानमा छ। यो खेललाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको छ। वेस्ट इन्डिजर र अफगानिस्तान दुवै टिम अपराजित रहँदै सुपर ८ खेल्न चाहन्छन्।

समूह चरणमा यसअघि भएका खेलमा अफगानिस्तानले युवान्डालाई पहिलो खेलमा १२५, दोस्रो खेलमा न्युजिल्यान्डलाई ८४ र तेस्रो खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै विश्वकपको सुपर ८ पुगेको हो।

वेस्ट इन्डिजले भने पहिलो खेलमा पिएनजीमाथि ५ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा युगान्डाविरुद्ध १३४ रनले विजयी भएको थियो। तेस्रो खेलमा न्युजिल्यान्डलाई १३ रनले हराएको वेस्ट इन्डिज अपराजित रहँदै सुपर ८ खेल्न चाहन्छ।

वेस्ट इन्डिजले दिएको यो विश्वकपकै ठुलो स्कोर सामना अब अफगानिस्तानले गर्दैछ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : ०३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको