साँफे–मार्तडी सडक अवरुद्ध « Khabarhub

साँफे–मार्तडी सडक अवरुद्ध


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

अछाम– पहिरोले सडक पुर्दा अछामको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। गएराति साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले स्थानीय तहसँगको समन्वयमा अवरुद्ध भएको सडक खुलाउने पहल भइरहेको बताए।

सडक अवरुद्ध भए लगत्तै राती नै घुगुरकोट प्रहरी चौकीबाट प्रहरी खटिए पनि जेसीबीले पहिरो पन्छाउनु पर्ने भएकोले सम्भव नभएको उनको भनाइ छ।

सडक अवरुद्ध भएपछि बाजुरा जाने र बाजुराबाट अन्य जिल्ला जाने यातायात अवरुद्ध भएका छन्।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १० : ०८ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण