अमरेशकुमार भन्छन्- बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद् बहिष्कार गर्छु « Khabarhub

अमरेशकुमार भन्छन्- बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद् बहिष्कार गर्छु


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेट पारित गर्ने दिन संसद् बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले बजेटले ठूला राजनीतिक दलका नेताको गृह जिल्लामा मात्र विनियोजन गरिएको आरोप लगाउदै बजेट पारित हुने दिनको बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने बताउँदै उनले संसदमा आएर बजेटमा गरिएको विभेदप्रति जवाफ दिन्न सभामुखले रुलिङ गर्न माग गरेका थिए । 

उनले भने,  ‘मन्त्री र प्रधानमन्त्रीको बजेट सिस्टम हुन्छ भने सभामुखबाट रुलिङको माग गर्छु अर्को वर्ष बजेट संसद्‌मा प्रस्तुत नगरियोस्, पास नगरियोस् । त्यही क्याबिनेटले पास गरोस् । प्रधानमन्त्रीको लागि रुलिङ भएन भने बजेटको बहिष्कार गर्छु, भोटिङको दिन बहिष्कार गर्छु ।’

उनले प्रधानमन्त्रीको जिल्ला मन्त्रीको जिल्ला, सत्ता समीकरणका दलका नेताको जिल्लामा बजेट धेरै विनियोजन गरिएको बताए । उनले धनुषा र झापामा अर्बौं बजेट विनियोजन गरेको र अर्थमन्त्रीले आफ्नो क्षेत्रमा धेरै बजेट विनियोजन गरेको बताए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १ : ३३ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ