तनावमा ‘सोचेझैँ जिन्दगी रैनछ’ गायिका मधु, दोस्रो बिहे पनि एक वर्षमै संकटमा | Khabarhub Khabarhub

तनावमा ‘सोचेझैँ जिन्दगी रैनछ’ गायिका मधु, दोस्रो बिहे पनि एक वर्षमै संकटमा

पति सुरेशले आफूमाथि घरेलु हिंसा गरेको आरोप


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


299.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित गायिका मधु क्षेत्रीले कुनै बेला गाएकी थिइन्, ‘सोचेझैँ जिन्दगी रैनछ’ । जिन्दगी सोचेझैँ नहुने सन्देशसहित गाइएको यी गीत अहिले उनै मधुको जीवन भोगाइमा मिल्न पुगेको छ ।

बिरहको यो गीत मधुसँगै मिलेको भन्दै कतिपय फ्यानले सामाजिक सञ्जालमा लेखिरहेका छन् । मधु क्षत्री अहिले तनावमा छिन्, तनावको कारण हो उनको दोस्रो वैवाहिक जीवन पनि सहज भएन ।

त्यही कुराको पुष्टि उनले मंगलबार मल्टिमिडिया सामाजिक प्लाटफर्म टिकटकमार्फत गरिन् । ६ महिनाअघि मात्रै पहिलो बिहेलाई टुंग्याएर दोस्रो सम्बन्ध अघि बढाउँदै अस्ट्रेलिया पुगेकी उनले त्यहाँ पनि घरेलु हिंसा भोग्न बाध्य भएको खुलासा गरेकी छन् ।

संगीत क्षेत्रलाई पूर्णविराम दिँदै सुरेश खड्कासँग दोस्रो बिहे गरेर अस्ट्रेलिया पलयान भएकी उनी फेरि तनावमा परेकी हुन् । मधुको दोस्रो सम्बन्ध पनि संकटमा परेको खुलासा उनैबाट भएको छ ।

उनले पति सुरेश खड्काबाट घरेलु हिंसा भोगिरहेको बताएकी छन् । नेपालको सांगीतिक करिअरलाई बिट मार्दै अस्ट्रेलिया पुगेकी उनले दुई दिनअघि टिकटक लाइभबाट पति सुरेशसँग सम्बन्ध बिग्रिएको र आफूले हिंसा भोगिरहेको बताएकी हुन् ।

मधुकै अनुसार अहिले उनी गर्भवती छिन् । मधुले मध्यरात लाइभका क्रममा आफूलाई पति सुरेशले कुटपिट र गाली गर्ने गरेको खुलाएकी छन् ।

‘उसको दाजुले पनि मेरो पेटको बच्चा उसको भाइको होइन भन्छन् रे ! म देखाउँछु कसको हो ? मलाई पनि उसले ह्यारेसमेन्ट गरेको थियो’, उनले टिकटक लाइभमा भनेकी छन् ।

मधुले घरका अन्य सदस्यहरूका कारण आफूलाई पति सुरेशले हेला र हिंसा गर्ने गरेको बताएकी छन् । एक वर्षअघि सुरेशसँग बिहे गरेकी उनी ६ महिनापहिले अस्ट्रेलिया गएकी थिइन् ।

सुरुमा अस्ट्रेलियामा पतिसँगै बस्थिन् तर ४ महिनामै सुरेशले छाडेको उनको भनाइ छ । मधु अस्ट्रेलियामा दोस्रो पति सुरेश तथा उनका छोरा, दाजुभाउजू र उनीहरूकी छोरीसहित बस्थिन् । उनकी १८ वर्षीया छोरी पनि अस्ट्रेलियामै छिन् । आफ्नी छोरी राति ११ बजे घर फर्किँदा पति सुरेशले लिन नगएको गुनासो मधुले टिकटकमा गरेकी छन् ।

‘मध्यरातमा केटाहरू हिँड्ने बाटोमा मेरी जवान छोरी एक्लै हिँड्दै घर आउँछिन् । तर ऊ (सुरेश) लिन जाँदैन । कस्तो माया नलागेको ? दाजुकी छोरी लिन भने जाँदो रहेछन् । मेरी छोरीले देख्ने डरले गाडी पनि पर राख्दोरहेछन ।’

उनले २०८० असारमा अस्ट्रेलियामा बसोबास गर्ने सुरेशसँग विवाह गरेकी थिइन् । जुन कुराको पुष्टि उनैले गरेकी थिइन् । उनले टिकटकबाट बिहेबारेका केही भिडियो पनि सार्वजनिक गरेकी थिइन् ।

उनले दोस्रो बिहेपछि टिकटक एकाउन्टको नाम मधु क्षेत्रीबाट मधु सुरेश बनाएकी थिइन् । एक टिकटक भिडियोमा त्यसबेला उनले आफूले भगवान जस्तै श्रीमान् पाएको पनि बताएकी थिइन् । तर उनै भगवान् जस्ता श्रीमान्ले आफूलाई घरेलु हिंसा गरेको आरोप मधुले एक वर्ष नबित्दै लगाएकी छन् ।

मधुले पहिलो पतिसँग सम्बन्ध विच्छेद गरेर सुरेशसँग सम्बन्ध बढाएकी थिइन् । पहिलो पतितर्फ मधुकी एकजना १८ वर्षीया छोरी छन् । मधु बाल्यकालदेखि नै गायनमा लागेकी थिइन् । उनले ठाडीभाका, देउडा, लोक र तीजका गीत गाएर चर्चा कमाएकी छन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ३ : २३ बजे

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ

जेनेभा – सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ