राठीकोलका ‘ब्रान्ड एम्बेस्डर’ बने राजेश हमाल « Khabarhub

राठीकोलका ‘ब्रान्ड एम्बेस्डर’ बने राजेश हमाल


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वदेशी एडेसिभ ब्रान्ड राठीकोलले अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेस्डर बनाएको छ । नक्सालमा आयोजित एक कार्यक्रममा अभिनेता हमाल र राठीकोलका अध्यक्ष अरुणकुमार राठीबीच सम्झौता भएको हो ।

अभिनेता हमालले अब एक वर्षसम्म प्रचारात्मक सामग्रीमा सहकार्य गर्ने राठीकोलले जानकारी दिएको छ । सो कार्यक्रममा हमालले राठीकोलको उत्पादन यात्रा र आफ्नो फिल्मी यात्राबारे ३५ वर्षको संयोग रहेको जानकारी दिएका थिए ।

राठीकोलको प्रतिस्पर्धा विदेश उत्पादनसँग रहेकाले यसको ब्रान्ड एम्बेस्डर नियुक्त हुँदा खुसी अनुभूति भइरहेको हमालले बताए । उनले थपे, ‘यसको गुणस्तरबारे मेरो जिज्ञासा थियो । बजारमा राम्रो छाप रहेछ । नेपालको उत्कृष्ठ ब्रान्ड रहेछ । यसको प्रतिस्पर्धा विदेशी ब्रान्डसँग रहेछ ।’

राठीकोलका अध्यक्ष राठीले हमाल एम्बेस्डर नियुक्त भएसँगै विदेशी एडेसिभ उत्पादन विस्थापन गर्न सहयोग पुग्ने आशा व्यक्त गरे । भने, ‘विदेशी ब्रान्ड विस्थापन भयो भने राठीकोलले मात्र नभएर अन्य स्वदेशी उत्पादनले पनि घरेलु बजार पाउँछन् । हमालजी हामीसँग जोडिँदा अन्य ब्रान्डलाई पनि सहयोग पुग्छ, जुन राम्रो पक्ष हो ।’

‘राठीकोल’ राठी ग्रुपको एक प्रमुख उत्पादनमध्ये एक हो, जसले एडेसिभ (टाँस्ने पदार्थ) उत्पादकका रूपमा आफूलाई स्थापित गरेको छ । यो उत्पादन मुख्यतयाः काठका फर्निचर बनाउन प्रयोग हुन्छ।

राठीकोलले ‘टाँस्छ मज्जाले टाँस्छ’ स्लोगनमा आफ्ना उत्पादन बजारीकरण गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : ०६ बजे

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई