राठीकोलका ‘ब्रान्ड एम्बेस्डर’ बने राजेश हमाल « Khabarhub

राठीकोलका ‘ब्रान्ड एम्बेस्डर’ बने राजेश हमाल


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वदेशी एडेसिभ ब्रान्ड राठीकोलले अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेस्डर बनाएको छ । नक्सालमा आयोजित एक कार्यक्रममा अभिनेता हमाल र राठीकोलका अध्यक्ष अरुणकुमार राठीबीच सम्झौता भएको हो ।

अभिनेता हमालले अब एक वर्षसम्म प्रचारात्मक सामग्रीमा सहकार्य गर्ने राठीकोलले जानकारी दिएको छ । सो कार्यक्रममा हमालले राठीकोलको उत्पादन यात्रा र आफ्नो फिल्मी यात्राबारे ३५ वर्षको संयोग रहेको जानकारी दिएका थिए ।

राठीकोलको प्रतिस्पर्धा विदेश उत्पादनसँग रहेकाले यसको ब्रान्ड एम्बेस्डर नियुक्त हुँदा खुसी अनुभूति भइरहेको हमालले बताए । उनले थपे, ‘यसको गुणस्तरबारे मेरो जिज्ञासा थियो । बजारमा राम्रो छाप रहेछ । नेपालको उत्कृष्ठ ब्रान्ड रहेछ । यसको प्रतिस्पर्धा विदेशी ब्रान्डसँग रहेछ ।’

राठीकोलका अध्यक्ष राठीले हमाल एम्बेस्डर नियुक्त भएसँगै विदेशी एडेसिभ उत्पादन विस्थापन गर्न सहयोग पुग्ने आशा व्यक्त गरे । भने, ‘विदेशी ब्रान्ड विस्थापन भयो भने राठीकोलले मात्र नभएर अन्य स्वदेशी उत्पादनले पनि घरेलु बजार पाउँछन् । हमालजी हामीसँग जोडिँदा अन्य ब्रान्डलाई पनि सहयोग पुग्छ, जुन राम्रो पक्ष हो ।’

‘राठीकोल’ राठी ग्रुपको एक प्रमुख उत्पादनमध्ये एक हो, जसले एडेसिभ (टाँस्ने पदार्थ) उत्पादकका रूपमा आफूलाई स्थापित गरेको छ । यो उत्पादन मुख्यतयाः काठका फर्निचर बनाउन प्रयोग हुन्छ।

राठीकोलले ‘टाँस्छ मज्जाले टाँस्छ’ स्लोगनमा आफ्ना उत्पादन बजारीकरण गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : ०६ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व