अपहरणमा परेकी बालिका तीन वर्षसम्म पनि नभेटिएपछि लण्डनमा प्रदर्शन « Khabarhub

अपहरणमा परेकी बालिका तीन वर्षसम्म पनि नभेटिएपछि लण्डनमा प्रदर्शन


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा एक जना हिन्दु बालिकाको अपहरण भएको भन्दै बेलायतको लण्डनमा प्रदर्शन भएको छ।

तीन वर्षअघि पाकिस्तानको सिन्ध प्रान्तमा रहेको सुक्कुर सहर नजिकैबाट प्रिया कुमारी नाम गरेकी ७ वर्षीया हिन्दु बालिकाको अपहरण भएको थियो ।

उनको अपहरण भएको लामो समयसम्म पनि खोजीकार्य नभएको भन्दै सिन्धी फाउण्डेसनले बेलायतको राजधानी लण्डनमा प्रदर्शनको आयोजना गरेको हो । 

भारतीय समाचार माध्यमका अनुसार प्रदर्शनकारीले बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटदेखि पाकिस्तानी उच्च आयोगसम्म प्रदर्शन गरेका थिए ।

सिन्धी फाउण्डेसनले पाकिस्तानमा मानव अधिकारको पक्षमा प्रदर्शनलगायतका कार्यक्रम गर्दै आएको छ । बहुसङ्ख्यक मुसलमान जनसङ्ख्या रहेको पाकिस्तानमा हिन्दु, इसाई एवम् अन्य अल्पसङ्ख्यकमाथि ज्यादतीका घटना बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : ५० बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित