एमालेको स्पष्टीकरण : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भएको छैन, उहाँ हाम्रो अभिभावक « Khabarhub

एमालेको स्पष्टीकरण : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भएको छैन, उहाँ हाम्रो अभिभावक


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको प्रष्टिकरण दिएको छ ।

एमाले केन्द्रीय संगगठन विभागका सचिव माधव ढुंगेलले पार्टीकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको सदस्यता अहिलेसम्म स्वीकृत नभएको दाबी गरेका हुन् ।

पछिल्लो समय भण्डारी राजनीतिमा फर्किने चर्चाबीच एमालेको सदस्यता नवीकरण गरेको समाचार आइरहेको भन्दै ढुंगेलले त्यसमा सत्यता नरहेको बताएका हुन् ।

ढुंगेलले भण्डारी एमाले नेतृ भएकैले राष्ट्रपति बनेको तर्क गर्दै पदीय जिम्मेवारीका कारण मात्रै पार्टीबाट अलग बस्नु परेको बताएका छन् ।

उनले भण्डारी एमालेको स्थायी अभिभावक रहेको पनि बताएका छन् । ‘विद्या भण्डारी नेकपा (एमाले) नेतृ भएर नै राष्ट्रपति बन्नु भएको हो । पदीय जिम्मेवारीले अलग रहनु पर्यो, उहाँ अलग हुनु भयो’, उनले भनेका छन्, ‘सिंगो देश, नेपाली जनता र आफू विकास भएको राजनीति पार्टी नेकपा (एमाले) को स्थायी अविभावक हुने अधिकार उहाँसँग सुरक्षित छ ।’

ढुंगेलले अब कसैको भाग खोस्न या बेथिति निम्त्याउन सक्रिय राजनीतिक जीवनमा नफर्किने पनि बताए । तर आवश्यकताले माग गरेमा भण्डारी राजनीतिमा फर्किने कुरामा आफू विश्वस्त रहेको पनि बताएका छन् ।

‘राजनीतिक सक्रियताको निर्णय गर्ने उहाँको आफ्नो व्यक्तिगत विषय पनि हो । हालसम्म उहाँले पार्टी सदस्यता नवीकरण गर्नु भएको छैन’, उनले भनेका छन्, ‘यो लुकेर गर्ने विषय पनि होइन । यदि नवीकरण गर्ने इच्छा गर्नु भयो भने उहाँको सक्रियता नि:सन्देह एमाले पार्टीमै हुनेछ, यो त सबैलाई थाहा भएकै कुरा हो ।’

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : ११ बजे

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक