कवाडी व्यवसायीले काठमाडौं महानगर घेर्दा जे देखियो (तस्बिरहरू) « Khabarhub

कवाडी व्यवसायीले काठमाडौं महानगर घेर्दा जे देखियो (तस्बिरहरू)



काठमाडौं- कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको हस्तक्षेपविरुद्ध निरन्तर आन्दोलन चर्काउन थालेका छन् ।

व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै कवाडी व्यवसायीहरूले मंगलबार पनि काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका हुन् ।

काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रमा विरोध जनाउँदै कवाडी व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले मंगलबार महानगरपालिकाको कमलादीस्थित कार्यालय घेराउ गरेका हुन्। कवाड व्यवसायीहरूले दरबारमार्गदेखि कमलादी सडक क्षेत्रमा प्रदर्शन गरे ।

त्यसक्रममा उनीहरूमाथि प्रहरीले धरपकड गरेको छ । प्रहरीले लाठी हानेपछि प्रदर्शनकारी तितरबितर भएका थिए । प्रहरीले पानीको फोहरा हान्ने गाडीसमेत उतारेको थियो ।

अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानुनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गरसहितका प्लेकार्ड बोकेर उनीहरू आन्दोलित भएका हुन् । उनीहरुले महानगरको ज्यादती रोक्न पनि माग गरे ।

कवाड व्यवसायीलाई नहटाउनू भन्ने उच्च अदालतको आदेश नटेरी महानगरले आफ्नो टहरामा डोजर चलाएको भन्दै व्यवसायीले  प्रदर्शन चर्काएका हुन् ।

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : ३१ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई