नेपाल-भारत सीमा तारबार गरौं : बर्तौला « Khabarhub

नेपाल-भारत सीमा तारबार गरौं : बर्तौला


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल-भारत सीमामा तारबार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद बर्तौलाले सीमा सुरक्षाका लागि तारबार लगाउन जरुरी भइसकेको बताए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपस्थित छलफलमा बर्तौलाले खुला सीमाका कारण अपराध बढेको र राजस्व संकलनमा पनि चुनौती बढिरहेको भन्दै तत्काल तारबार गर्न मन्त्री लामिछानेको ध्यानाकर्षण गराए ।

‘नेपाल-भारत खुला सीमाले अपराध गरेर एक देशबाट अर्को देशमा भाग्ने प्रवृत्ति बढेको छ । यसले अपराधलाई बढावा दिएको छ । अर्कोतिर राजस्व संकलनमा चुनौती छ,’ बर्तौलाले भने, ‘म गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु, भारतसँग प्रत्यक्ष सीमा जोडिएको तराई क्षेत्रमा सीमामा तारबार लगाएर सुरक्षित गर्ने सवालमा दृढताका साथ अगाडि बढाऊँ । अब तारबार लगाउन ढिला नगरौं ।’

भारतसँग रोटीबेटीदेखि भाषा, संस्कृतिसम्म विविधतायुक्त सम्बन्ध भए पनि सीमा सुरक्षाका लागि तारबार लगाउन जरुरी रहेको उनको भनाइ थियो ।

सांसद बर्तौलाले भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलगायत विदेशी नागरिकको रेकर्ड अनिवार्य रूपमा राख्न पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

‘जसरी नेपालबाट बाहिरिने नागरिकको रेकर्ड राखिन्छ, हामीले पनि गम्भीरतापूर्वक नेपाल कति प्रवेश गरेका छन्, कहाँबाट आएका छन्, रेकर्ड राखौं,’ उनले भने।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ९ : ५७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार