झापाको बिरिङ र अदुवामा बाढीको खतरा : निन्दा खेलामा पानीको सतह खतरा तहमा « Khabarhub

झापाको बिरिङ र अदुवामा बाढीको खतरा : निन्दा खेलामा पानीको सतह खतरा तहमा


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

झापा – पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको निन्दा खेलामा पानीको सतहले खतरा तह पार गरेको छ। बिहीबार बिहान साढे ७ बजे त्यहाँ पानीको तह १२५ दशमलव ७८६ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो।

त्यहाँ पानीको सतह १२२ दशमलव ५ मिटर कटेपछि खतरा तह मानिन्छ। झापाको शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा राति भारी वर्षा भएकाले सो क्षेत्र भएर बहने बिरिङ, अदुवा र अन्य साना खोलामा बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज दिउँसो कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनी न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेकोले आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ८ : २९ बजे

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र

दसैँ महँगिँदा खसी बजारमा चहलपहल कम (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै खसी बजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

गण्डकी– फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा