मेसी र सुवारेज बिना इन्टर मियामी विजयी « Khabarhub

मेसी र सुवारेज बिना इन्टर मियामी विजयी


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरेन्टो क्लबलाई पराजित गरेको छ ।

आज बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरेन्टोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई तथा डिएगो गोमेजले एक गोल गरेका थिए । टोरेन्टोका डेरीक एटीएने जुनियरले एक गोल फर्काएका थिए ।

यस खेलमा हालै कोपा अमेरिका जितेका लियोनेल मेसी र उरुग्वेका सुपर स्टार खेलाडी लुइस सुवारेजले खेलेका थिएनन् । मेसी कोपा फाइनलमा घाइते भएपछि इन्टर मियामीका केही खेल गुमाउने भएका छन् ।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २४ खेलमा ५० अंक भएको छ र अहिलेसम्म शीर्षस्थानमा रहेको छ । त्यस्तै टोरेन्टो भने २५ खेलमा २७ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ८ : ३२ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश