पिँडुला फर्किने समस्या छ ? यसरी गर्नुस् घरैमा उपचार « Khabarhub

पिँडुला फर्किने समस्या छ ? यसरी गर्नुस् घरैमा उपचार


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


23.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कहिलेकाहीँ हामीलाई खुट्टाको पिँडुला फर्किने समस्याले सताउँछ । खुट्टा फर्किँदा शारीरिक पीडा अत्यन्तै हुन्छ । खुट्टाको तिघ्रानिर वा पिँडुलाको मासु पल्टनु वा अर्कोतर्फ सर्नुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ।

प्रायः राति खुट्टा पल्टिने वा बाउँडिने गदर्छ। एक्कासि तिघ्रा र पिँडुलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन्छ। तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने चिकित्सकहरू बताउँछन् । यो समस्या अधिकांश मानिसले भोग्ने गरेका हुन्छन्।

पल्टिएको ठाउँमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइ महसुस हुन्छ । तिघ्राको मासु पल्टिने अवधि केही समयदेखि धेरै मिनेटसम्म हुने गर्छ। दुखाइ कम भएपछि एकै ठाउँ डल्लो परेको मासु ठिक ठाउँमा आउन केही समय लाग्ने गर्छ । सबै उमेरका मानिसहरूमा यो समस्या देखिन्छ । प्रायः अधबैँसे तथा बूढाबूढीमा यो समस्या बढी देखिने गर्छ।

खुट्टा फर्किने वा बाउँडिने समस्याको यकिन कारण छैन। विभिन्न कारणले यस्तो समस्या देखा पर्छ। मानव शरीरमा भिटामिनहरू क्याल्सियम र पोटासियम कमी हुँदा यो समस्या देखा पर्ने  चिकित्सकहरू बताउँछन् ।

सामान्यत: निम्न अवस्थामा  खुट्टा फर्किने गर्दछ :

१. पोषक तत्त्व अभाव
२. लामो समयसम्म उभिँदा
३. जलवियोजन
४. गर्भवती
५. हाइपो थाइराइड
६. अनियन्त्रित मधुमेह
७. मद्यपानको प्रयोग

अकास्मत आइपर्ने यो समस्याले कुनै सङ्केत दिँदैन । फलस्वरुप एकान्त तथा एक्लै भएको अवस्थामा खुट्टा फर्किने समस्याले बढी पिरोल्ने चिकित्सकहरू बताउँछन ।

एक्कासि खुट्टा फर्किएमा आराम गर्ने, फर्केको ठाउँमा हल्का हल्लाएर मालिस गर्ने, फर्केको भागमा हिर्काएर भाईब्रेशन दिएमा खुम्चेका मसल तथा नसाहरू १० देखि २० मिनेटमा यथास्थानमा जाने गर्दछन् । जसले खुट्टा फर्किने समस्या समाधान गर्न सकिन्छ ।

रोकथामका उपायहरू :

-प्रशस्त पानी पिउने, फलफूलको रस र दालको रस पनि पिउने,

–  सकेसम्म मद्यपान नगर्ने, कफी र सोडा नपिउने,

– सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ। सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ ।

– लगातार लामो समय नउभिने। अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने,

– सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने,

– १० देखि १५ मिनेट मासु फर्किए मसाज गराउने,

– खुटृा पल्टेको समयमा हिँड्ने अथवा मज्जाले हाँस्ने। यसले दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुने हुँदा छिटो सन्चो हुन्छ ।

– पल्टिएको ठाउँमा तातोले सेक्ने। तातोले खुम्चिएको मासु छिटो फुक्न सहयोग गर्छ।

– पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खानेकुरा (फलफूल, गेडागुडी आदि) प्रशस्त खाने,

– पटक-पटक खुट्टा पल्टिने समस्या दोहोरिए चिकित्सकको सल्लाह लिनु पर्छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  १ : ०० बजे

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य

मनसुनजन्य विपद् प्रतिकार्यमा सेनाको सक्रियता

काठमाडौँ– नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

जनकपुर – मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान,