यामलाल कँडेल : गरिब प्रदेशका धनी मुख्यमन्त्री, यस्तो छ सम्पत्ति विवरण « Khabarhub

यामलाल कँडेल : गरिब प्रदेशका धनी मुख्यमन्त्री, यस्तो छ सम्पत्ति विवरण


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

मुख्यमन्त्री कँडेलसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री कँडेल धनी देखिएका छन् । उनले आफ्नो र श्रीमतीको नाममा पर्याप्त सम्पत्ति जोडेको विवरणले देखाएको छ ।

सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री कँडेलले काठमाडौं र सुर्खेतको वीरेन्द्रनगरमा दुईवटा घर रहेको खुलाएका छन् ।

उनले श्रीमती गीता अधिकारी कँडेलको नाममा विभिन्न ५ ठाउँमा जग्गा रहेको पनि जनाएका छन् ।

कँडेलको नाममा वीरेन्द्रनगर नगरपालिका-४ स्थित कित्ता नम्बर १५२ मा रहेको ०-३-१२-३/४ वर्गमिटरको घर छ ।

श्रीमती गीताको नाममा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित १९० वर्गमिटरमा फैलिएको घर छ । उक्त घर पुख्यौंली सम्पत्ति बेचेर २०५७ सालमा किनेको सम्पत्ति विवरणमा उल्लेख छ ।

कँडेलको नाममा वीरेन्द्रनगर नगरपालिका–९ मा ०.८.१४ वर्गमिटर र गीताको नाममा वीरेन्द्रनगर-१० मा ०.१.८.२, वडा नम्बर ४ मा ०.०.१८ र ०.०.१३.१९ वर्गमिटर जग्गा छ ।

श्रीमती गीतकै नाममा काठमाडौंको गोठाटारमा आठआना जग्गा रहेको विवरणमा उल्लेख छ । चल सम्पत्तिमा कँडेलसँग १० तोला सुन रहेको छ । उक्त सुन केही पुर्ख्यौली र केही किनेको बताइएको छ ।

कँडेल र श्रीमती गीताका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ बचत छ । एभरेष्ट बैंक काठमाडौंमा १ लाख २४ हजार २३७.६४ रुपैयाँ कँडेलको नाममा बचत छ । एनआईसी एशिया बैंकमा ३ लाख २४ हजार २५६ रुपैयाँ बचत र १२ लाख मुद्दती खातामा रहेको कँडेलले जनाएका छन् ।

कँडेलले ललितपुरको क्यारिना सहकारीमा १ लाख १५ हजार १५३ रुपैयाँ बचत गरेका छन् । पिपलबोट सहकारीमा ७५ हजार ३२२ रुपैयाँ बचत छ । राष्ट्रिय वाणिज्य बैंकमा २५ हजार, जनहितकारी सहकारी संस्थामा ८० हजार ९० रुपैयाँ बचत रहेको कँडेलले लेखेका छन् ।

श्रीमती गीताको नाममा ग्लोबल आईएमई बैंकमा १ लाख ९० हजार ३०५, जनहितकारी सहकारीमा १ लाख ६३ हजार ७८३, क्यारिना सहकारी ललितपुरमा १ लाख ३० हजार ६३७, लक्ष्मी विकास बैंकमा ८ लाख ७ हजार र पिपलबोट सहकारी संस्थामा ७८ हजार ७०६ रुपैयाँ बचत रहेको उल्लेख छ ।

त्यो सबै रकम पारिश्रमिक, घरभाडा, बोनस, सापटी फिर्ता लगायतबाट जोडेको मुख्यमन्त्री कँडेलले जनाएका छन् । कँडेलले श्रीमतीको पेशाबारे खुलाएका छैनन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ४५ लाख ऋण लिएको जनाएका छन् ।

उनले २ वटा मोबाइल, एक थान ल्यापटप, २ वटा घडी र एकथान ट्याब रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १ : ३६ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका